२२ बैशाख २०८१, शनिबार

उखु किसानका पीडा– समर्थन मुल्य पाएनौं



धनगढी/ कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर १० विकासवस्तीमा उखु किसान राजेन्द्र रानाले ७१ क्विन्टल ४१ किलो उखु बिक्री गरे । उनले पुस २९ गते भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका थिए । सुगर इन्डस्ट्रिजले उनलाई २९ हजार छ सय ३५ रुपैयाँ भुक्तानी ग¥यो । राजेन्द्रले १५ कठ्ठा जग्गामा उखु खेती गरिरहेका छन् ।
विकासवस्तीकै घुमन रानाले पनि भागेश्वर सुगर इन्डस्ट्रिजलाई ९९ क्विन्टल ९२ किलो उखु बिक्री गरे । उद्योगले उनलाई प्रति क्विन्टल तीन सय ६३ रुपैयाँ ९७ पैसाका दरले ३६ हजार तीन सय ६८ रुपैयाँ भुक्तानी गरेको थियो ।
घुमन र राजेन्द्र जस्तै अधिकाँस उखु कृषकले सरकारको तोकेको समर्थन मूल्यभन्दा कममा उखु विक्री गरेका छन् । सरकारले उखुको समर्थन मुल्य प्रति क्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ निर्धारण गरेको छ । कञ्चनपुरका अधिकांस उखु किसानहरूले महाकाली सुगर मिल र भागेश्वर सुगर एण्ड केमिकल ईण्डष्ट्रिजलाई उखु बिक्री गर्दै आएका छन् । उखु किसानले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सोझै अनुदान पाउने व्यवस्था गरिएको छ । सुगर मिलहरूले सरकारले तोकेको समर्थन मूल्यमा अनुदान वापतको रकम घटाएर उखु किसानलाई भुक्तानी दिने गरेका छन् । किसानले अनुदान वापतको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयलबाट पाउने व्यवस्था गरिएको छ ।
विकासवस्तीका उखु किसान रामस्वरुप रानाले काटेको उखु अहिले बारीमै थन्किएको छ । उनले गत ५ गते उखु काटेको बताए । तर, सुगर मिलले अझैं उनको उखु खरिद गरेको छैन । किसान रामस्वरुपले भने– सुगर मिलले माग गरेपछि हामीले उखु काटेर ट्याक्टरमा लोड गरेर पठाउ“छौं । सुगर मिलले माग गरेको एक हप्तामै उखु काटेर पठाउनका लागि तयार गरेको छु, तर मिलले लोड गर्नका लागि पर्चा नपाएका कारण आफ्नो पालो कुरेर बसेको छु ।
कञ्चनपुरका उखु किसानहरूले सुगर मिलले उखुको जातका आधारमा रकम भुक्तानी गरेको बताए । उखु किसान रामनाथ रानाका अनुसार अर्ली, जर्नल र रिजेक्ट गरी तीन जातका उखुका आधारमा भुक्तानी पाउने गरिएको छ । अर्ली जातको उखुलाई एक नम्बर मानिन्छ । सुगर मिलले अर्ली जातको उखुको प्रति क्विण्टल चार सय ४० रुपैया र जर्नलको चार सय १५ तथा रिजेक्ट जातको उखुको प्रतिक्विन्टल चार सय रुपैयाका दरले भुक्तानी दिने गरेका छन् ।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष रमेश थापाले भने–हामीले अझैं सरकारले निर्धारण गरेको नया“ मूल्य पाएका छैनौ । हामीले पटक पटक यसबारे सुगर मिल व्यवस्थापनसंग छलफल ग¥यौं, तर अझैं हाम्रो माग पुरा भएको छैन ।


भागेश्वर सुगर मिलका सञ्चालक शंकर बोगटीले छिट्टै सरकारले तोकेको उखुको समर्थन मूल्य लागू गर्ने क्रममा रहेको बताए ।
उनले सरकारले गत पुस १० गते उखुको समर्थन मूल्य तोकेको र पुस ११ गतेदेखि खरिद भएको उखुको समर्थन मुल्य अनुसारकै रकम भुक्तानी गरिने बताए । मिल सञ्चालक बोगटीले– महाकाली र भागेश्वर सुगर मिलको संयूक्त बैठकले पुस ११ गतेदेखि सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गर्ने निर्णय गरेको छ ।
तर, पुस २६ गतेदेखि माघ १० गतेसम्म उखु बिक्री गरेका किसानहरूले समर्थन मुल्य बरँबरको रकम नपाएको बताए । मील सञ्चालक बोगटीले भने– दोस्रो किस्तामा किसानलाई समर्थन मूल्य बराबरको रकम उपलब्ध गराइने छ ।
सुगर मिलले समयमै उखु खरिद गर्दैन– उखु किसान
कञ्चनपुरका अधिकांस किसानले सुगर मिलले समयमै उखु खरिद नगरेका कारण सास्ती भोग्नुपरेको बताइरहेका छन् । पुनर्वास नगरपालिका वडा नम्बर १० का नाथे रानाले एक बिघामा लगाएको उखु खरिद गर्न ढिलाई भएका कारण अहिले जमिन बाझो राख्नुपर्ने बाध्यता भएको बताए । उनले अर्को एक बिघा जमिनमा तोरी लगाएका छन् । एक बिघा जमिनमा लगाएको मध्ये आधा बिघाको उखु समयमै बिक्री भए पनि बा“की जमिनको उत्पादन खरिदमा ढिलाई भएकाले बाझो राख्नु परेको बताए ।
अर्का उखु किसान टेकराज रानाले अहिले उखु काटिरहेको बताए । उनले भने– सुगर मिलले बल्ल माग ग¥यो, त्यही भएर अहिले काटिरहेको छु । त्यसपछि जमिन बाझो राख्नु पर्ने बाध्यता छ । किसान टेकराजले सुगर मिलले मंसिर महिनाभित्रै उखु खरिद गरेको भए सो जमिनमा अरु बाली लगाउन पाउने बताए ।
पुनर्बासका अर्का उखु किसान रामस्वरुप रानाले उखु काटेर बारीमै थन्काएको बताए । उनले भने– सुगर मिलले मंसिरसम्म हाम्रो उखु खरिद गरेको भए अरु बाली लगाउन पाउँथे । तर माघको दोस्रो सातासम्म पनि मिलले उखु लगेको छैन । अब यो जमिन केही महिना बाझैं राख्नु पर्ने बाध्यता छ ।
उखु खरिदबिक्रीमा विचौलिया
कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर १० विकासवस्तीका रामबहादुर रानाले एक साता लगाएर उखु काटे । ढिलो भएका कारण खेतमै उखु सुक्न लागेपछि उनी उखु बिक्रीबारे कुरा गर्न सुगर मिल गए । तर, सुगर मिलले उनलाई उखु काट्न भनेन ।
‘एकातर्फ खेतमा उखु सुकिरहेको थियो, अर्कोतिर गहु“ लगाउने हतारो थियो” किसान रामबहादुरले भने– अनि मैले उखु काटे । तर, करिब दुई सातासम्म पनि काटेको उखु खेत मै रह्यो ।
अर्का उखु किसान जगतु रानाले पनि काटेको उखु खेतमै झारपातले छोपेर राखेका छन् । उनका अनुसार केही किसानले विचौलियाको माध्यमबाट उखु बिक्री गरिरहेका छन् । विचौलियामार्फत बिक्री गर्दा किसानले सही मूल्य पाउदैनन् । ‘कतिपय किसानले विचौलियामार्फत पनि उखु बिक्री गरेका छन् । तर, मैले कम मूल्यमा बिक्री गर्न चाहिन । परिणामस्वरुप मेरोे उखु खेतमै थन्किएको छ ।
उनले “धान, गहु“ सजिलै बजारमा लगेर बेच्न सकिने भए पनि उखु सुगर मिलमै बिक्री गर्नुको विकल्प नभएको’ बताए ।
सुगर मिलले उखु किसानलाई प्रत्येक ट्याक्टर ट्रालीका लागि तौल पर्चा दिने गरेका छन् । स्थानीय किसानहरूले आवश्यकता अनुसारको तौल पर्चा नपाएकाले अझैसम्म पनि उखु काट्न नसकेको बताए ।
विकासवस्तीका मायाराम रानाले पनि यस्तै अवस्था भोग्नु परेको बताए । उनले १४ कठ्ठामा उखु लगाएका थिए । उद्योगले तौल पर्चा नदिएपछि उनी बिचौलियाकहा“ पुगे । “मैले बिचौलियालाई तीन सय रुपैया प्रतिक्विन्टलका दरले उखु बेचे” उनले भने । उनले किसानसंग आवश्यक तौल पुर्जी नभए पनि विचौलियासंग जति भने पनि तौलपुर्जा उपलब्ध हुने गरेको दाबी गरे ।
उखु किसान जगन्नाथ रानाले बिचौलियाका कारण किसानहरूले घाटा बेहोर्नु परिरहेको बताए । उनले भने– हामीलाई आवश्यक परेको बेला उखुको तौलपुर्जी पाइ“दैन । तर, विचौलियाले जतिवेला पनि तौलपुर्जी दिन्छन् ।
कञ्चनपुरका उखु किसानका अनुसार बिचौलियामार्फत उखु बिक्री गर्दा नोक्सानी बेहार्नु परिराखेको छ । जगन्नाथले भने– विचौलियाले हामीसंग तीन सय रुपैयाँमा खरिद गर्छन् र, बढि मूल्यमा मिललाई बिक्री गर्दछन् ।
पुनर्बास नगरपालिका विकासवस्तीका सयौं किसानले पुनर्वास वडा नम्बर १० पकरियामा उखुखेती गरिरहेका छन् । पकरिया क्षेत्रमा तीन सय ५० बिघामा उखु खेति भइरहेको छ । कञ्चानपुरमा १० हजार बढि बिघा जमिनमा उखु खेती हुने गरेको बताइन्छ ।


भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रीजका प्रशासन अधिकृत डम्बर खड्काले विचौलियालाई उखुको तौलपुर्जी नदिएको बताए । उनले भने– धेरै किसानले उखुखेती गरिरहेकोले लगाउने गरेकाले हामीले केही बढि तौलपुर्जी वितरण गरेका होउला, तर बिचौलियाको हातमा एउटा पनि पर्चा दिएका छैनौ ।
उनले सुगर मिलको क्षमता दैनिक १५ देखि २० क्विन्टल उखु पेल्ने रहेको र किसानले त्यो क्षमताभन्दा बढि उखु काट्दा समस्या हुने गरेको बताए । उनले भने– हामीले सात स्थानमा उखु खरिद केन्द्र तोकेका छौ“ । सबै केन्द्रका लागि बराबर संख्यामा तौलपुर्जी वितरण गर्ने गरेका छौं, तर कहिलेकाही किसानले बढि उखु काटेपछि खरिदमा केही समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार