१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशमा अर्बौको ब्यापार घाटा



सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत आयात प्रतिस्थापन गर्ने घोषणा गरे पनि प्रदेशमा व्यापार घाटा बढ्दै गएको छ ।
प्रदेश र संघीय सरकारको आयात घटाउने र निर्यात बढाउने लिएको भए पनि निर्यातको तुलनामा वर्षेनी आयात बृद्धि भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढि चल्तीमा रहेको त्रिनगर भन्सार नाकाबाट आयातको तुलनामा निर्यात नगन्य रहेको छ ।
पछिल्लो साढे पाँच वर्षको अवधिमा त्रिनगर भन्सार नाकाबाट ८१ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा भएको छ । यो साढे पाँच वर्षको अवधिमा त्रिनगर नाकाबाट ८४ अर्ब ३९ करोड ७० लाख रुपैयाको आयात भएको थियो भने तीन अर्ब एक रोड ७८ लाख रुपैया बराबरको निर्यात भएको छ ।
त्रिनगर नाकामा रहेको कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा २१ अर्ब ५० करोड रुपैयाको आयात र ८२ करोड रुपैया बराबरको निर्यात भएको छ । भन्सारका सूचना अधिकारी दिल्लुप्रसाद शर्माले गत आर्थिक वर्षमा त्रिनगर भन्सार नाकाबाट निर्यातको तुलनामा २० अर्ब ६८ करोड रुपैयाँ बढिको आयात (व्यापार घाटा) भएकोे बताए ।
चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो छ महिना (साउनदेखि पुस मसान्तसम्म) त्रिनगर भन्सार नाकाबाट नौं अर्ब ९३ करोड १६ लाख ७० हजार पाँच सय २७ रुपैयाँ मूल्यको सामान आयात भएको छ भने सो अवधिमा २९ करोड पाँच लाख सात हजार तीन सय ४१ रुपैयाँ मूल्यको सामाग्री निर्यात भएको छ । सूचना अधिकारी शर्माले चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा निर्यातको तुलनामा नौं अर्व ६४ करोड ११ लाख ६३ हजार एक सय ८६ रुपैयाँ बढि आयात (व्यापार घाटा) भएको बताए ।
उनल भने– यो भन्सार नाकाबाट आयातको तुलनामा निर्यात निकै कम हुने गरेको छ । जति आयात बृद्धि हुन्छ, त्यति नै व्यापार घाटा पनि बढ्ने गरेको छ । यो नाकाबाट हामीले खरिद मात्रै गरिरहेका छौं ।
पछिल्लो साढे पाँच वर्षको अवधिमा त्रिनगर नाकाबाट ८१ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ भन्दा बढि व्यापार घाटा भएको देखिन्छ । हरेक वर्ष आयात पनि बढ्दो क्रममा छ । बढ्दो जनसंख्याको माग अनुसार स्वदेशमा उद्घाटन नभएकाले आयात बढ्दै गएको व्यवसायीहरू बताउछन् ।
आर्थिक वर्ष २०७१/०७२ देखि चालु आर्थिक वर्षसम्म क्रमशः आठ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र नौ अर्ब ९३ करोड १६ लाखको आयात भएको छ । त्यसैगरी, ८ करोड ६० लाख, ६६ करोड ७३ लाख ५२ करोड ६५ लाख, ६२ करोड ७३ लाख, ८२ करोड र २९ करोड पाँच लाखको आयात भएको छ (तालीकामा हेर्नुस्) ।
त्रिनगर नाकाबाट डिजेल, पेट्रोल, स्वीट, विस्कुट, दालमोठ, पापड, नमकिन, भुजिया, चमेना, ट्रयाक्टर, पावर टेलर, ग्यास, सुर्ती तथा सुर्तीजन्य पदार्थ, फिसिङ सेरामिक्स, कागज, विभिन्न किसिमका चामल, चिनी तथा चकलेटहरू, मोबिल, बेकरीमा सामानहरू, मेसिनरीका पार्टस्, आलु तथा आलुका परिकारहरू, प्लेट तथा प्लास्टिकका सामानहरू, सुप तथा पुस बनाउने सामाग्रीहरू, विभिन्न किसिममा खाने तेलहरू, अल्कोहल तथा अल्कोहल उत्पादन गर्ने क्यामिकलहरू लगायतका सामाग्रीहरू मुख्य रुपमा आयात हुने गरेको छ ।
त्यसैगरी, सो नाकाबाट मुख्य रुपमा रोजिन तथा रेजिन एसिड, कथ्था, गम, उड तथा सल्फेट टर्पेन्टाइन तेल, खयर कत्था र कबारहरू निकासी हुने गरेको छ । गत आर्थिक वर्षमा साउनदेखि पुस मसान्तसम्म यी सामाग्रीहरू ३४ करोड दुई लाख ६६ हजार नौ सय ६० रुपैया“ बराबरको निकासी भएको थियो भने यस आर्थिक वर्षको पछिल्लो ६ महिनामा २९ करोड पाँच लाख सात हजार तीन सय ४१ रुपैया“को मात्रै निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात र निर्यात दुबै कम छ । सूचना अधिकारी शर्माले यस वर्षको पछिल्लो डेढ महिनामा निरन्तर वर्षँ भएको कारण आयात निर्यातमा कम देखिएको बताए ।
राजश्वमा बृद्धि
यसवर्ष त्रिनगर भन्सार नाकाबाट आयात निर्यात घटेको भएपनि राजस्वमा भने बृद्धि भएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म दुई अर्ब ५२ करोड ५७ लाख १२ हजार रुपैयाँ आयातबाट राजश्व उठेको भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा अघिल्लो वर्ष दुई अर्ब ४१ करोड ४८ लाख ८२ हजार रुपैयाँ आयातबाट राजश्व उठेको थियो ।
त्यसैगरी, निर्यातबाट अघिल्लो वर्ष सात लाख १९ हजार आठ यस र यस वर्ष सात लाख २० हजार आठ सय रुपैयाँ राजश्व उठेको छ । निर्यात र आयात कम भएकाले भन्सार कार्यालयले लक्ष्य अनुसार भने राजश्व असुली गर्नका सकेको छैन । यसवर्ष कैलाली भन्सार कार्यालयले पछिल्लो ६ महिनामा तीन अर्ब ४६ करोड ५८ लाख रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य पाएको थियो ।
कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५÷७६ मा आयातबाट पाँच अर्ब १९ करोड, ७५ लाख १९ हजार तीन सय ५१ रुपैयाँ राजश्व उठेको थियो । आर्थिक वर्ष ०७१÷७२ देखि ०७४÷७५ सम्म क्रमशः आयातबाट एक अर्ब ५० करोड ७१ लाख ८८ हजार, ३ अर्ब ११ करोड ४४ लाख ३३ हजार, दुई अर्ब ९२ करोड, १३ लाख ४३ हजार, चार अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजश्व उठाएको थियो । त्यसैगरी, निर्यातबाट सो अवधिमा क्रमशः दुई ७७ हजार, दुई लाख १४ हजार, दुई लाख ८२ हजार र सात लाख १८ हजार रुपैया राजश्व उठाएको थियो ।

प्रदेश सरकारको निर्यात बढाउने नीति घोषणामा सिमित
प्रदेश सरकारले निर्यात बढाउने नीति लिएको भए पनि त्यसका लागि ठोस योजना बनाउन सकेको छैन ।
प्रदेश सरकारले कृषि उत्पादन बृद्धि, वन तथा जडिबुटीहरूको प्रशोधन गरी आयातलाई प्रतिस्थापन गर्ने नीति लिएको छ ।
नीति अनुसार बजेट र कार्यक्रम पनि बनाइएको भएपनि कार्यक्रमहरू सञ्चालन गर्न नसक्दा नीति घोषण“मै सीमित भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आगामी पाच वर्षमा सुदूरपश्चिम प्रदेश कृषिमा आत्मनिर्भर भएर निर्यात गर्ने प्रदेश बन्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार