१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा अझैं कुष्ठरोगीको संख्यामा कमी आएन



धनगढी/ सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कुष्ठरोगीहहरूको संख्यामा वर्षेनी बृद्धि भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा दुई सय ५४ कुष्ठरोगी उपचारमा रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा बढेर दुई सय ९७ पुगेको थियो । गत आर्थिक वर्ष २०७५/०७६ मा उपचारमा रहेका कुष्ठरोगीको संख्या तीन सय पुगेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । सरकारले प्रति दश हजार जनसंख्यामा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिम प्रदेशमा प्रति दश हजार जनसंख्यामा एक दशमलव ०५ जनाको दरमा कुष्ठरोगका बिरामी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली र अछाममा कुष्ठरोगको बढि जोखिम रहेको छ ।
तथ्यांक अनुसार कैलाली जिल्लामा प्रति दश हजार जनसंख्यामा एक दशमलव ९१ जना कुष्ठरोगी उपचारमा रहेका छन् । भने अछाममा प्रति दश हजार जनसंख्यामा एक दशमलव ८० जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा एक सय ३९ जना कुष्ठरोगी उपचारमा रहेका थिए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा एक सय ६० र गत आर्थिक वर्ष २०७५/०७६ मा एक सय ७६ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
त्यस्तै, अछाममा आर्थिक वर्ष २०७३/७४ मा ३१ कुष्ठरोगी उपचारमा रहेका थिए भने अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ३३ र गत आर्थिक वर्ष २०७५/०७६ मा ५१ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कुष्ठरोगीका बिरामीको संख्या घटबढ भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कञ्चनपुर जिल्ला पनि कृष्ठरोग निवारण नभएको जिल्लाका हरूपमा पहिचान भएको थियो । कञ्चनपुरमा प्रति दश हजार जनसंख्यामा एक दशमलव ४४ जना कुष्ठरोगी उपचारमा रहेकोमा गत आर्थिक वर्ष २०७५/०७६ मा सून्य दशमलव ८९ जना कुष्ठरोगी उपचारमा रहेको जनाइएको छ ।
निर्देशनालयले दिएको तथ्यांक अनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३/७४ मा ५३ जना, २०७४/७५ मा ७३ तथा गत आर्थिक वर्ष २०७५/०७६ मा ४६ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा प्रति एक लाख जनसंख्यामा नया“ बिरामी पत्ता लाग्ने दर नौ दशमलव २८ रहेकोे छ । कैलाली, कञ्चनपुर र अछाममा पनि नयाँ कुष्ठरोग पत्ता लाग्ने दर उच्च रहेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा प्रति एक लाख जनसंख्यामा १८ दशमलव ७८, अछाममा १२ दशमलव एक र कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर सात दशमलव ९१ प्रतिशत रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहहरूमा प्रदेशमा महिला तथा बालबालिकामा कुष्ठरोग बढि देखिन थालेको छ ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा एक सय ७९ नयाँ बिरामी पत्ता लागेका थिए भने अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा दुई सय ९८ र गत आर्थिक वर्ष २०७५/७६ मा दुई सय ६६ जना नयाँ बिरामी पत्ता लागेका थिए ।
स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८० जना महिला कुष्ठरोगी फेला परेका थिए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा एक सय १६ तथा गत आर्थिक वर्ष २०७५/०७६ मा ९८ जना नया कुष्ठरोगी महिला फेला परेका थिए ।
त्यस्तै, प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा १३ जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १३ र गत आर्थिक वर्ष २०७५/०७६ मा १४ जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण हुने अपाङ्गताको दरमा पनि घटबढ भइरहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा कुष्ठरोगका कारण २० जना शारीरिक हरूपमा अपाङ्ग भएका थिए । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण अपाङ्ग हुने संख्या आर्थिक वर्ष २०७४/७५ मा २२ तथा आर्थिक वर्ष २०७५/७६ मा १७ जना रहेका छन् ।
समाजमा अझैं पनि कुष्ठरोगीका प्रति गरिने अपहेलना तथा छिछिदूरदूरको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामी उपचारका लागि आउन संकोच गरिरहेको पाइन्छ ।
उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अंगभंग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझैं पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनु पर्ने अवस्था रहेको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी बताउछन् ।
निर्देशक डाक्टर अवस्थीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुहरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे । उनले कुष्ठरोग लागेको शुहरूवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए । उनले ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरिरमा भएको क्षति हटाउन नसकिने बताए । तथ्यांक अनुसार ढिलो गरि कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढि नेपालीहहरू अपांग भएका छन् ।
देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बालबालिकामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने हुने अपांगता दर सून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा एक भन्दा कममा झार्ने लक्ष्य लिएको छ ।
आज कुष्ठरोग दिवस
‘कुष्ठरोग विहरूद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशमा पनि आज आइतबार ६७ औं कुष्ठरोग दिवस मनाइदै छ ।
दिवसको पूर्वसन्ध्यामा शनिबार धनगढी उपमहानगरपालिकाले पत्रकारहहरूसंग अन्तरक्रिया आयोजना गरेको थियो ।
शनिबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सरकारले कुष्ठरोगको निःशुल्क उपचार गर्नुका साथै नियमित औषधि सेवन गरी निको भएका विरामीलाई एक हजार रूपैयाँ यातायात खर्च दिने नीति बनाएको जानकारी दिए । त्यस्तै, सल्यक्रिया गर्नुपर्ने अवस्थामा निःशुल्क अप्रेसनका साथै थप सात हजार रूपैयाँ सहयोग दिने नीति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार