१० श्रावण २०८१, बिहीबार

क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको छ ।
केन्द्रको सोमबार एक समारोहबीच बेल्जियमकी राजकुमारी एष्ट्रिड र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा उद्घाटन गरे ।
बिरामीलाई लक्षित गरि दामिन फाउण्डेसन बेल्जियम नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेश सरकारको स्वीकृतिमा मानव संसोधन विकास प्रतिष्ठानद्वारा सो केन्द्र सञ्चालनमा आएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सरकार प्रयासरत रहेको बताए । ‘देशका दुर्गम ठाउ“मा अस्पतालको अभाव छ । स्वास्थ्य संस्थामा चिकित्सक छैनन् । दुर्गमका तिनै स्वास्थ्य संस्थामा बिरामीको चाप बढि छ’ मन्त्री ढकालले भने– तत्कालै सबै समस्या समाधान गर्न सकिदैन, तर अबको एक वर्षभित्र दुर्गम क्षेत्रका जनताले सरकारबाट न्याय भएको महशुस गर्नेछन् । उनले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले सरकार भएको अनुभुति हुने गरि काम गरिरहेको बताए ।
उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र अहिले प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुने बताए । उनले भने– केन्द्रका लागि संघीय सरकारबाट आवश्यक सहयोग आवश्यक भएमा कुनै समस्या आउन दिनेछैनौं ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा चिकित्सक अभाव रहेकोप्रति संघीय सरकारको ध्यानाकर्षण गरे । सामाजिक विकास मन्त्री सुवेदीले भने– हामीले प्रदेशका हरेक ठाउँमा औषधी पुर्‍याएका छौं, तर चिकित्सकको अभावमा सेवाग्राहीलाई वितरण गर्न सकिएको छैन ।
मानव संसोधन विकास प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तको अध्यक्षतामा भएको थियो ।
हरिसिंह साउद, दामिन फाउण्डेसनका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइराला, मानव संशाधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वर्षको प्रयासपछि केन्द्र स्थापना

२०६६ सालमा समाजसेवी तर्कराज जोशीको नेतृत्वमा धनगढी इन्टरनेशनल कलेज स्थापनाको पहल भयो । कलेज स्थापनाका लागि सहयोग जुटाउन धनगढी रंगशालामा महायज्ञ आयोजना गरिएको थियो । तर, कलेज स्थापनाका लागि जग्गा प्राप्त गर्न तीन वर्ष लागेको थियो ।
गोदावरी नगरपालिका वडा नम्बर ६ श्रीपुरमा लक्ष्मीनारायण मन्दिरले तीन बिघा जग्गा उपलब्ध गराएपछि २०७०÷७१ सालमा भवन निर्माण गरिएको थियो । २०७२ मा नेतृत्वकर्ता तर्कराजको निधन भएपछि कलेज स्थापना कार्य अघि बढाउन द्विविधा भएको थियो ।
मानव संशाधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशीले भने– नेतृत्वकर्ता तर्कराज जोशीको निधनपछि दुई वर्षसम्म हामी अन्यौल मै रह्यौं । पछि दामिन फाउण्डेसनले क्षयरोग क्षेत्रमा काम गरिरहेको थाहा पाएपछि हामीले सहयोगका लागि पहल ग¥यौं । उनले १० वर्षको प्रयासपछि केन्द्र स्थापना गर्न सफल भएको बताए ।
केन्द्रको भवन मर्मत र उपकरणमा पाँच करोड रुपैया लगानी भइसकेको जनाइएको छ । केन्द्रका लागि दामिन फाउण्डेसनको तीन करोड रुपैया र विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त दुई करोड रुपैया सहयोग लगानी भइसकेको जनाइएको छ ।
केन्द्रको दुई तले भवन रहेको छ । भवनभित्र वार्डसहितको १५ वेड र अन्यमा २५ गरी ३५ बेड रहेका छन् । केन्द्रमा ओपीडि सेवा, एक्सरे, ल्याव लगायतका सेवा उपलब्ध छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले केन्द्रलाई ५० वेडको अस्पतालका रुपमा विकास गरिने बताए ।
उनले केन्द्रलाई थप स्तरोन्नती गरि प्रदेशको सरुवा रोग उपचार केन्द्र बनाइने बताए । प्रादेशिक निर्देशक डाक्टर अवस्थीले भने– क्षयरोगको मात्र उपचार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको केन्द्रलाई विस्तारै सरुवा रोगको उपचार केन्द्र बनाइने छ ।
दामिन फाउण्डेसनका कन्ट्री डाइरेक्टर डाक्टर कोइरालाले ‘केन्द्रलाई पूर्ण रुपमा सञ्चालन ल्याउन एक महिना लाग्ने बताए । उनले केन्द्रलाई सञ्चालन गर्न वार्षिक अढाई करोड रुपैयाँ खर्च रहने अनुमान व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार