१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार तथा हत्या घटना : धर्नाकारी र प्रहरीबीच झडप



कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्याय तथा न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च माग गर्दै धर्ना बसेका अधिकारकर्मी तथा घाइतेहरू र प्रहरीबीच झडप भएको छ ।
सोमवार कञ्चनपुर जिल्ला अदालतको प्रवेशद्वारमा निर्मलाका लागि न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरूमाथि प्रहरीले धरपकड गरेको बताइएको छ ।
धर्नाकारीहरूले अदालतको प्रवेशद्वारमा धर्नामा बसेका अधिकारकर्मी तथा घाइतेहरूमाथि बल प्रयोग गरी हटाउन खोजेको आरोप लगाए ।
धरपकडमा अधिकारकर्मी शारदा चन्द घाइते भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार