५ जेष्ठ २०८१, शनिबार

भारतद्वारा गौरिफन्टामा क्वारेन्टाइन चेकपोष्ट स्थापना



धनगढी । भारतले नेपाल–भारत सीमामा पर्ने गौरिफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट स्थापना गरेको छ । चेकपोष्टको आइतबार भारतीय सुरक्ष बल (एसएसबी) का कमान्डर मुन्ना सिंह र पलियाका ब्यापारी रवि गुप्ताले संयुक्त रुपमा उद्घाटन गरे ।


सुदूरपश्चिम प्रदेशमा भारतको क्वारेन्टाइन चेकपोष्ट नहु“दा यहा“का कृषकहरूले कृषि उत्पादन र कृषिजन्य वस्तुहरू नेपालगञ्ज नाका हुँदै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको थियो ।
कैलालीका व्यवसायीहरूले लामो समयदेखि भारतीय नाकामा क्वारेन्टाइन चेकपोष्ट हुनुपर्ने माग गर्दै आएका थिए । भारतले गौरीफन्टा नाकामा रहेको कस्टम कार्यालयमा क्वारेन्टाइन चेकपोष्ट कार्यालय स्थापना गरेको चेकपोष्टका खाद्य परीक्षण अधिकारी रोमन लेप्चाले बताए ।
गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्टको स्थापना भएपछि सुदूरपश्चिमका कृषकहरूले कृषि उत्पादन तथा कृषिजन्य वस्तुहरू भारतमा आयात तथा निर्यात गर्न सजिलो हुने छ । नेपाल र भारत सीमा नाका अन्तरगत पर्ने नेपालको त्रिनगर नाकामा भने यसअघि नै पशु तथा पशुजन्य वस्तु आयात परीक्षणका लागि पशु क्वारेन्टाइन र फलफूल तथा तरकारीका लागि प्लान्ट क्वारेन्टाइन स्थापना भइसकेको छ ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने– यहा“का कृषि उत्पादन र कृषिजन्य वस्तुहरू नेपालगञ्ज भएर पठाउनु पर्दा चर्को ढुवानी मूल्य तथा अन्य झञ्झटले निकै दुःख भोग्दै आइरहेका थियौं । भारतले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट स्थापना गरेपछि क्वारेन्टाइन परीक्षणका लागि सुदूरपश्चिम प्रदेशको अन्य प्रदेश माथिको निर्भरताको अन्त्य भएको छ ।
खाद्य परीक्षण अधिकारी लेप्चाले क्वारेन्टाइन चेकपोष्ट कार्यालय स्थापना भइसकेको र दुई÷तीन दिनभित्र कृषि उपज वस्तुहरूको चेकजा“च कार्य सुरु हुने जानकारी दिए ।
धनगढीस्थित पशु क्वारेन्टाइन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ को फागुनदेखि असारसम्म तीन दशमलव आठ मेट्रिक टन माछा, भटमासको पिना नौ सय ५४ मेट्रिक टन, एनिमल फिड सप्लीमेन्ट ८१ दशमलव ६९ मेट्रिकटन, फिस फिड ७५ दशमलव ४५ मेट्रिक टन, पशु आहार ७४ दशमलव २७ र सोया लिसिथिन ६० मेट्रिक टन भारतबाट आयात भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्ष २०७६÷०७७ को भदौ महिनासम्म एनिमल फिड सप्लीमेन्ट १२, पशु आहार एक सय ५० दशमलव पा“च, सोया लिसिथिन ६४, हड्डीको धुलो दुई सय दुई र माछाको दाना एक सय दशमलव ९४ मेट्रिक टन आयात भएको छ । यो भन्सार नाकाबाट मासिक ५० देखि ६० ट्रक पशु तथा पशुजन्य वस्तुको आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार