११ श्रावण २०८१, शुक्रबार

गुरुयोजना निर्माणका लागि सुझाव संकलन



सुखड/ घोडाघोडी ताल क्षेत्रको गुरुयोजना निर्माणको लागि विभिन्न सरोकारवालाहरूसंग सुझाव संकलन कार्य भइरहेको छ ।
घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले बृहत घोडाघोडी पर्यटन विकास बोर्डले आयोजना गरेको घोडाघोडी ताल क्षेत्रको पर्यटन पुर्वाधार विकास सम्बन्धी कार्यशालामा घोडाघोडी ताल क्षेत्रको विकासका लागि भइरहेका गतिविधिबारे जानकारी दिए । गोष्ठीमा चुरेको चिलम चोरेमा होमस्टे तथा रिसर्च सेन्टर, चुरेको मालिकाडाडा र चिलम चोरेमा प्यालाग्लाईडिङ, घोडाघोडीको सिम्थरीदेखि प्यालाग्लाईडिङस्थलसम्म केवलकार, भ्यु टावर, बिश्राम स्थल, लगायताका योजनाबारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार