१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम स्पोर्टस अवार्ड चार : विधाको मनोनयन सार्वजनिक



नेपाल खेलकद पत्रकार मञ्च कैलालीको आयोजनामा आगामी १५ गते हुने प्रथम सुदूरपश्चिम स्पोटर््स अवार्डका लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा छ वटा विधा समावेश गरिएका छन् । मञ्चले बिहीबार धनगढीमा पत्रकार सम्मेलनमार्फत चार विधाका लागि भएको मनोनयनको जानकारी दिएको छ ।
मञ्चका अध्यक्ष सीताराम ओझाका अनुसार वर्ष पुरुष खेलाडीमा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल, क्रिकेटर खड्क वोहरा र भारात्तोलन खेलाडी सागर भण्डारी मनोनयनमा परेका छन् ।
त्यस्तै, वर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटर कविता कुँवर, कुस्ती खेलाडी संगीता धामी र हक्की खेलाडी विन्दु बिष्ट रहेका छन् ।
त्यस्तै, वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।
त्यस्तै, वर्ष युवा खेलाडीमा भारात्तोलन खेलाडी सागर भण्डारी, फुटबलर चन्द्रा भण्डारी र उसु खेलाडी अलिशा खाती मनोनयनमा परेका छन् ।

कैलाली हस्पिटल मुख्य प्रायोजक

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक कैलाली हस्पिटल भएको छ । बिहीबार एक संक्षिप्त कार्यक्रमबीच कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र मञ्चका सल्लाहकार दीपक उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार