१० श्रावण २०८१, बिहीबार

सेती अस्पताललाई तीन सय शैयाको बनाउन प्रस्ताव



धनगढी । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले ५० शैयाबाट बढाएर तीन सय शैयाको बनाउने प्रस्ताव गरेको छ ।


धेरै शैया राखेर सेवा दिइरहेको भएपनि कानुनी रुपमा ५० शैयाको मात्रै अनुमति पाएको अस्पताललाई समितिले कानुनी रुपमा तीन सय सैयाको बनाउन सुदूरपश्मिच प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्रस्ताव पठाएको हो । सेवा सुविधा थपेर प्रादेशिक अस्पताललाई पाँच सय शैयाको बनाउनुपर्ने तत्काल तीन सय शैयाबाट गुणस्तरीय सेवा दिने उद्देश्यका साथ सो प्रस्ताव गरिएको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए ।
मन्त्रालयले अस्पताललाई तीन सय शैयामा स्तरोन्नति गर्ने निर्णय भएपछि पोखरा विश्व विश्वविद्यालयसित मिलेर अस्पतालमै ल्याब, नर्सिंङ, फार्मेसी, जनस्वास्थ्य, ब्यवस्थापन तथा फिजियोथेरापीमा स्नातक तहको पढाई समेत सञ्चालन गर्ने लक्ष्य राखेको अध्यक्ष जोशीले बताए । उनले मन्त्रालयबाट अस्पतालमा शैया थप पर्ने गरी स्वीकृति प्राप्त आगामी शत्रदेखि नै ति सबै बिषयमा पढाई सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको बताए ।
पोखरा विश्वविद्यालयको संयुक्त आङ्गिकता कार्यक्रम अन्तर्गत स्नातकका कक्षाहरु शुरु गरिए अस्पतालले सम्बन्धन बाफतको रकम विश्वद्यिालयलाई तिर्नु पर्दैन । अस्पताललले यसै कार्यक्रमका आधारमा कक्षा सञ्चालनको तयारी गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले पछिल्लो १६ महिनामा अस्पतालमा उल्लेख्य सुधार भएको बताए । उनले सरसफाईदेखि बिरामीका लागि दिइने सेवा लगायतका कुरामा सुधार गरिएको बताए । अस्पतालभित्रको फार्मेसी, ल्याब, बहिरंग बिभाग, आकस्मिक उपचार कक्ष, प्रसुति कक्ष सबैतिर देखिने गरी सुधार ल्याइएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार