१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम स्पोर्टस अवार्डसंग निःसर्ग



धनगढी/धनगढीमा आगामी १५ गते हुने सुदूरपश्चिम स्पोर्टस अवार्डमा धनगढीको निसर्ग हस्पिटलले प्रायोजन गर्ने भएको छ । निःसर्गले वर्ष महिला खेलाडी विधामा प्रायोजन गर्ने जनाइएको छ ।
प्रायोजनसम्बन्धी सम्झौतापत्रमा शनिबार निसर्ग हस्पिटलका प्रबन्ध निर्देशक कुवेर शाही र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे ।

खेलकुद पत्रकार मञ्च, कैलालीको आयोजनामा हुने स्पोर्टस अवाडीमा विभिन्न छ विधा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार