१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सव २०७६ : स्थानीय उत्पादनको बिक्री बढ्यो



धनगढी/ बैतडीको दोगडाकेदार गाउपालिका वडा नम्बर ७ का टेकबहादुर कार्कीका लागि सुदूरपश्चिम महोेत्सव, २०७६ निकै सुखद बनेको छ । विगतमा बैतडीबाट थोरै परिमाणमा विभिन्न स्थानीय उत्पादन ल्याएर हाटबजारमा बिक्री गर्ने टेकबहादुरले यस पटक महोत्सवमा स्टल राख्ने सोच बनाए । बैतडीबाट मह, घ्यु चुक, त्रिकुलो, टिमुर, मास, ओखर, सिमी, भटमास सहित स्थानीय उत्पादन संकलन गरेर महोत्सवमा स्टल राखेका उनले शनिबार दिउसोसम्म दुई लाख रुपैया बढिको बिक्री गरिसकेका छन् ।
उनले सुरुमा डेढ लाख रुपैया“ बढिको स्थानीय उत्पादन खरिद गरेर स्टल राखेका थिए । बिक्री बढेपछि उनले थप ६० हजार रुपैयाको सामान मगाएर बिक्री गरेका छन् । उनले प्रतिकेजी सात सय रुपैयाको दरले २० केजी टिमुर बिक्री गरेको बताए । त्यस्तै, उनले छ सय ५० रुपैया“ प्रतिकिलोका दरले भैंसी र अछामी गाईको गाईको घ्यु बिक्री गरिहेका छन् ।
उनले ग्राहकको माग अनुसार सामान दिन नसकेको बताए । भने– ग्राहकले मागे जति सामान दिन सकेको छैन । धेरै परिमाणमा सामान खोज्ने ग्राहकलाई अर्डर लिएर गाउ“बाटै सिधैं पठाउने गरेको छ् ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ का उमा खत्रीले स्टलमा आफ्नै उत्पादन मह राखेकी छिन् । उनले प्रतिकेजी छ सय रुपैयाका दरले मह बिक्री गरिरहेकी छिन् ।
यस पटकको सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनको बिक्री सन्तोषजनक भएको स्टल राखेका उद्यमी, व्यवसायीको अनुभव छ । बेतबा“सका सोफा, ह्यांगर, फूलदानी, कुसी लगायतका सामानको स्टल राखेकी टीकापुरकी सोनमतिले ग्राहकहरूले धेरै समय र मिहिनेत लाग्ने भएकाले बेतबा“सका सामान केही महंगो हुने बताइन् । उनले अधिकांस ग्राहकले स्थानीय श्रमको मुल्य महसुस नगर्ने अनुभव सुनाइन् ।
आर्थिक विपन्नताका कारण पसल खोल्न नसकेकी अनिता श्रेष्ठ कर्मचार्यलाई यस पटकको सुदूरपश्चिम महोत्सव फापेको छ । उनले घरमै उत्पादन गरेको मखमलीका जुत्ती, खेलौना, प्लाष्टिकरहित झोला, सुर्के थैली, भोटो, कुसन, चकटी लगायतको स्टल राखेकी छिन् । महोत्सवको छैठौं दिनसम्म १५ हजार रुपैया बढिको सामान बिक्री भइसकेको उनले बताइन् । अन्सु सिलाई प्रशिक्षण तथा जुत्ति उद्योग स्टलमा उनले करिब ६० हजार बढिको सामान राखेकी छिन् ।
दाङकी प्रेमकुमारी पुनले महोत्सवको छैठौ दिनसम्म डेढ लाख रुपैया बढिको सामान बिक्री गरिसकेकी छिन् । उनले अल्लोका झोला, टोपी, जुत्ता, कोट, जाकेट, सल, सहित सात लाख रुपैया बढिको सामान सहित स्टल राखेकी छिन् ।
महोत्सवमा स्टल राखेका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का च्याउ तथा तरकारी उत्पादक किसान राजु पुनमगर सामान बिक्रीमा भन्दा पनि च्याउको उत्पादन, परिकार तथा गुणबारे ग्राहकलाई जानकारी दिन बढि व्यस्त छन् ।
उनले लाखौं रुपैयाको लगानीमा केदार च्याउ तथा तरकारी फार्म सञ्चालन गर्दै आएका छन् । महोत्सवमा उनको स्टलमा च्याउको वीऊ, ताजा च्याउ, च्याउको अचार र सुकुटी सहितका दर्जन बढि परिकार छन् । तर, उनी ग्राहकलाई च्याउको सेवनबाट स्वस्थ रहन मद्दत पुग्ने जानकारी दिइरहेका हुन्छ् । उनले भने– मैले “च्याउ खाऔं स्वस्थ्य रहौं, स्वदेशमै केही गरौं” भन्ने नारा मनन् गरेर च्याउ तथा तरकारी खेती गरिरहेको छ ।
उनले सुदूरपश्चिम प्रदेशमा च्याउको बजार राम्रो भए पनि युवाहरू च्याउखेतीमा खासै आकर्षित हुननसकेको बताए । उनले भने– मैले च्याउखेतीमा युवाहरूलाई आकर्षित गर्न नै यो स्टल राखेको हु । उनले आफूले स्टलमार्फत डल्ले च्याउ, कन्ये च्याउ, तथा च्याउका विभिन्न परिकार र च्याउ प्रशोधन बारे जानकारी दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार