११ श्रावण २०८१, शुक्रबार

साग पदक विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई पुरस्कार दिने घोषणा गरेको छ ।
बिहीबार धनगढीमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औं सागमा स्वर्ण पदक बिजेतालाई एक लाख, रजत पदक बिजेतालाई ५० हजार तथा का“स्य पदक विजेतालाई ३० हजार रुपैया“ पुरस्कार दिने घोषणा गरे ।
नेपाल एथलेन्टिक्स संघका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाका अनुसार सुदूरपश्चिम घर भएका सात जना खेलाडीले नेपालका लागि ११ स्वर्ण, १६ रजत र १५ कास्य जितेका छन् । ती मध्ये विगतदेखि सुदूरपश्चिम प्रदेशका लागि खेल्दै आएका खेलाडी भने संगीता धामी (कुस्ती) मात्रै हुन् । बा“की छ जनाले विभिन्न विभागीय टीमबाट खेल्दै आएका छन् ।
सागमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक विजेता पौडी खेलाडी गौरिका सिंहको पुख्र्यौली घर कञ्चनपुर भए पनि उनी नेपाल आर्मीबाट खेल्ने गरेकी छन् । त्यस्तै, दुई स्वर्ण पदक विजेता खेलाडी आइशा शाक्य बरिष्ठ तेक्वान्दो खेलाडी दिपक बिष्टकी श्रीमती हुन् । त्यस्तै, एक÷एक स्वर्ण विजेता वीरबहादुर महरा (डोटी), गोपीचन्द्र पार्की र किरण बोगटी (कैलाली) तथा हिमाल टमट्टा (कञ्चनपुर) ले पनि विभिन्न विभागीय टीमबाट खेल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार