ब्यापार घाटा कम गर्नु चुनौतिपूर्ण– मन्त्री भट्ट
धनगढी/ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ब्यापार घाटा कम गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कैलालीले शनिबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा उनले पहिलो चौमासिकमा व्यापार घाटा केही कम भए पनि विकास कार्य बढेपछि ब्यापार घाटा पनि बढ्ने बताए ।
उनले कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रलाई चाढै कार्यान्वयन गरिने तथा कैलालीको डुडेझारीको अध्ययन पूरा गर्ने र कैलालीको हरैयामा घोषणा भएको विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लगिने बताए ।
कार्यक्रममा नेकपाका कैलालीका इञ्चार्ज रुपा चौधरीले बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिल सञ्चालनमा ल्याउन आग्र गरिन् ।
कार्यक्रम नेकपा कैलालीका अध्यक्ष रतनबहादुर थापाको अध्यक्षतामा भएको थियो भने नेता रणबहादुर चन्दले स्वागत गरेका थिए ।