१२ श्रावण २०८१, शनिबार

छोटो अवधिका रोजगारमुलक तालिम सञ्चालन हुदै



धनगढी/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालयले छोटो अवधिका रोजगारमुलक तालिम सञ्चालन गर्ने भएको छ ।
सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यालयले प्रदेशका सबै नौ जिल्लामा कृषि, निर्माण, ईन्जिनियरिङ, होटल ब्यवस्थापन लगायतका ४० वटा विषयमा छोटो अवधि तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।
सिटिइभिटीका प्रदेश कार्यालयका निर्देशक डाक्टर कुष्माकर भट्टले तीन महिने अवधिका रोजगारमूलक तालिम सञ्चालनको लागि विभिन्न ५६ वटा विद्यालयसंग सम्झौता गरिएको अनुमोदनलाई बताए ।
उनले सबै तालिम निःशुल्क हुने बताए । निर्देशक डाक्टर भट्टले कुनै पनि कारणले विद्यालय शिक्षाबाट बञ्चित भएका व्यक्तिहरुलाई लक्षित गरेर छोटो अवधिका तालिम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
तालिम सञ्चालनको तयारीका क्रममा शुक्रबार धनगढीमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्राविधिक विषयका कार्यक्रम संयोजकहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार