११ श्रावण २०८१, शुक्रबार

गुडियाले धानेको जीविका



शेरबहादुर ऐर/धनगढी । गुडिया बच्चालाई एकदमै मनपर्ने खेलौना हो । साथीसंगी तथा परिवारका सदस्यको जन्मदिन, विवाह लगायतका शुभ अवसरमा उपहारमा पनि प्रयोग हुने सामग्री । आकर्षक गुडियालाई घरका भित्ता तथा सोफाहरुमा राखेर सजाएर आकर्षक बनाउन प्रयोग हुने वस्तु ।


यस्तै गुडिया र कुशन बनाउने काममा लागेकी छिन्– धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका धर्मा सिंह । १२ वर्ष धनगढीमा किराना पसल र दुई वर्ष कस्मेटिक पसल चलाएर जिविकोपार्जन गरेकी धर्माले दुई वर्ष नेपालगञ्जमा जिल्ला शिक्षा कार्यालयमा चमेनागृह चलाईन् । नेपालगञ्जबाट फर्केपछि उनी एक महिना घरमै बसिरहिन् ।
उनले आफनी छोरी गायत्रीलाई गुडिया र कुसन बनाउने तालिममा सहभागि गराईन् । छोरीले तालिमको प्रमाणपत्र प्राप्त गरेपछि उनले छोरीको नाममा गायत्री गुडिया कुशन गिफ्ट उद्योग दर्ता गरिन् । उनले भनिन्– कस्मेटिक पसल चलाएकोले पनि मलाई गुडिया तथा कुशन बनाउन त्यति गाह्रो भएन । छोरीले तालिम लिएर आएपछि हामी दुबै यहि काममा लाग्यौं । उनले अहिले एक जनालाई रोजगारी पनि दिएकी छिन् । उनका एक छोरा काठमाडौंमा स्नातक तहमा तथा एक छोरी धनगढीमै स्नातक तहमा अध्ययन गरिरहेकी छिन् ।
एक कुनामा सिलाई कटाई गर्ने मेसिन, छेउमा विभिन्न प्रकारका गुडिया तथा कुशनले भरिएका थिए । बस्ने कोठा पनि गुडिया तथा कुशनले सजाइएका थिए । कुनामा विभिन्न रंगका कपडाको फर, गुडिया बनाउन आवश्यक पर्ने नमुना कागज पनि राखिएका थिए । हामी त्यहा“ पुग्दा उनी हातमा कैची समातेर कपडाको आकार तथा आवश्यकता अनुसारको नाप निकाल्दै थिइन् । उनले रोजगारमा राखेकी अर्की महिला भने त्यही कपडालाई प्रयोग गरि विभिन्न रुप दि“दै थिइन् ।
उनले भनिन्– एक वर्षयता दिनहु“ यस्तै काममा व्यस्त छु । उनले ८० हजार रुपैयाको लगानीमा शुरु गरेको उद्योगबाट अहिलेसम्म ६० हजार रुपैया“ बराबरको गुडिया तथा कुशन विक्री गरिसकेको बताइन् । उनी अहिले धनगढीमा मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा गुडिया तथा कुशनहरु विक्री गर्नका सामान बनाउन मै व्यस्त थिइन् । उनले भनिन्– महोत्सवमा स्टल लिएकी छु । त्यहा विक्री गर्न विभिन्न गुडिया तथा कुशनहरु बनाइरहेकी छु ।
उनले उत्पादन गरेको सामान बजार पुर्याउन नसकेको बताइन । उनले भनिन् –‘घरमै राखेकाले धेरै मानिसलाई यो बारे जानकारी दिन सकेको छैन् । थाहा पाएकाहरु घरमै आएर किनेर लग्छन् ।’
धर्माले अहिले गुडियामा कुकुर, बा“घ, जरायो, ठुलो तथा सानो पाण्डा लगायतका गरि १५ प्रकारका गुडिया, लब कुशन, गोलो कुसन, चार कुने कुशन लगायतका कुशनहरु बनाउने गरेको बताइन् ।
उनले चार कुने तथा लब कुशन सोफा तथा बस्ने कुर्चिमा र गोलो कुशन मानिसले सुत्दा प्रयोग गर्न सकिने बताइन् । उनले कुशन तथा गुडिया बनाउन आवश्यक पर्ने फर, कपडा, बनोट तथा नमुनाहरु काठमाडौंबाट मगाउने गरेको बताइन् ।
उनले भारतबाट आयातित गुडियाको मूल्यभन्दा एक दम न्यूनमा विक्री गरिरहेको बताइन् । उनले न्यूनतम दुई सय रुपैया“देखि पा“च हजारसम्म पर्ने गुडिया तथा कुशनहरु उत्पादन गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार