२० बैशाख २०८१, बिहीबार

नेपालीहरू संस्कृति र परम्पराका धनी– यूरोपियन राजदूत (फाेटाे फिचरसहित)



धनगढी । नेपालका लागि यूरोपियन यूनियनका राजदूत भेरोनिका कोडोले नेपालीहरु संस्कृति र परम्परामा धनी रहेको वताएकी छिन् ।


“मैले नेपालीहरु संस्कृति र परम्परामा निकै धनी छन् भन्ने सुनेका थिए, आज प्रत्यक्ष देख्न पाए” उनले भनिन् ।


राजदूत कोडोलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थिगत धुर्जन्ना शिविरका मुक्त कमैया र लम्कीचुहा नगरपालिका वडा नम्बर ३ वादीवस्तीमा मौलिक रुपमा स्वागत गरिएको थियो ।


एस नेपालद्वारा सञ्चालित जीविकोपार्जन कार्यक्रमको अनुगमन गर्न आएकी राजदूत कोडोले मुक्त कमैया र वादी समूदायजीवन धान्नका लागि वैकल्पिक उपायमा लागेकोमा खुसी व्यक्त गरिन् ।


उनले यूरोपियन यूनियनले थारु र वादीवस्तीमा गरिरहेका सहयोगहरुलाई निरन्तरता दिने पनि सो अवसरमा बताइन् ।


यूरोपियन युनियन आर्थिक सहयोगमा एस नेपाल मार्फत थारु र वादीबस्तीमा टनेलखेती, थारु आलू खेती, कुखुरापालन, सिलाइकटाइ, मोवाइल मर्मत तालिममा सहयोग गरेको छ ।


धुर्जन्ना शिविरका पूर्व भलमन्सा प्रेम चौधरीले जीविकोपार्जन कार्यक्रमले आफूहरुलाई मुक्त कमैया शिविरका ९८ परिवारलाई गुजारा गर्न निक्कै सजिलो भएको बताए ।


राजदूत कोडीले बल्चौरका बादी समूदायका महिलालाई सल र वालवालिकालाई स्टेशनरी सामाग्री वितरण समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार