१० श्रावण २०८१, बिहीबार

उद्योगहरू खुल्दै, बन्द हुँदै



शेरबहादुर ऐर/धनगढी । कैलालीमा नयाँ उद्योग दर्ता तथा खुल्ने क्रम संगै बन्द हुने उद्योगको संख्या पनि बढ्दै गएको छ । कैलालीमा पछिल्लो पाँच वर्षको अवधिमा आठ हजार दुई सय बढी नयाँ उद्योग दर्ता भएका छन् । भने सो अवधिमा पौने चार सय बढी उद्योगको लगतकट्टा (खारेज) भएका छन् ।


घरेलु तथा साना उद्योग कार्यालय धनगढीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालू आर्थिक वर्ष २०७६/०७७ को कार्तिक महिनासम्म आठ हजार दुई सय ८६ नयाँ उद्योग दर्ता भएका छन् । यो अवधिमा तीन सय ८३ उद्योगको दर्ता लगतकट्टा भएको छ ।
कार्यालयका उद्योग अधिकृत नवराज भट्टका अनुसार कैलालीमा उत्पादनमुलक, कृषि तथा वन पैदावारजन्य, पर्यटन, सेवा र निर्माणसम्बन्धी नया“ उद्योगहरू दर्ता भइरहेका छन् ।
कैलालीमा चालू आर्थिक वर्ष २०७६÷०७७ को कार्तिक महिनासम्म पा“च सय १२ नयाँ उद्योग दर्ता भएका छन् ।
कैलालीमा आर्थिक वर्ष २०७१÷७२ मा तीन हजार सात सय ८९ नया“ उद्योग दर्ता भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा सात सय ६८, ०७३÷७४ मा आठ सय ९०, २०७४÷७५ मा आठ सय ९३ र गत आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार दुई सय ३४ नया“ उद्योग दर्ता भएका थिए ।
चालू आर्थिक वर्ष २०७६÷७७ को कार्तिक महिनासम्म दर्ता भएका उद्योगमध्ये सेवामुलक उद्योगको संख्या बढी छ । यो अवधिमा निर्माणसम्बन्धी दुई वटा उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कैलालीमा चालू आर्थिक वर्ष २०७६÷०७७ को कार्तिक महिनासम्म आठ हजार ८६ उद्योग दर्ता भएका छन् ।
यो अवधिसम्म तीन हजार छ सय ६१ वटा सेवामुलक उद्योग दर्ता भएका छन् । त्यस्तै, दुई हजा्र तीन सय ४६ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् ।
त्यस्तै, कैलालीमा हालसम्म दुई हजार दुई सय ९९ उत्पादनमुलक उद्योग दर्ता भएका छन् भने ५८ वटा पर्यटनसम्बन्धी र निर्माणसम्बन्धी दुई वटा उद्योग दर्ता भएका छन् ।
अर्कोतिर आर्थिक वर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०७६÷७७ को कार्तिक महिनासम्म कैलालीमा तीन सय ८३ वटा उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को कार्तिक महिनासम्म विभिन्न प्रकृतिका ३६ वटा उद्योगको लगतकट्टा भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा ८६, २०७४÷७५ मा ६९, २०७३÷७४ मा ६०, २०७२÷०७३ मा ४४, २०७१÷०७२ मा ५१ र आर्थिक वर्ष २०७०÷०७१ मा ३७ उद्योगको लगतकट्टा भएका छन् ।
कच्चा पदार्थको अभाव लगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेका र कतिपय उद्योगका उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
त्यस्तै, कतिपय उद्योगका सञ्चालक स्वयं नै रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएको बताइन्छ । कार्यालयका उद्योग अधिकृत नवराज भट्टले खाने तेल, सिमेन्टको ब्लक, पोल्ट्री फार्म, ब्युटीपार्लर जस्ता उद्योग बन्द भई खारेजीमा परेको बताए ।

१२ अर्ब रुपैयाँ बढी लगानी

कैलालीमा दर्ता तथा सञ्चालनमा आएका उद्योगमा १२ अर्ब रुपैया“ बढी लगानी भइसकेको छ । घरेलु कार्यालयका अनुसार तीन करोड रुपैयासम्म स्थिर पू“जी भएको उद्योगलाई साना उद्योग, तीन करोडदेखि १० करोड रुपैया स्थिर पू“जी भएको उद्योगलाई मझौला उद्योग तथा त्योभन्दा बडी स्थिर पू“जी भएको उद्योगलाई ठूला उद्योग मानिन्छ ।
यी उद्योगबाट ५७ अर्ब रुपैया बढी आम्दानी अनुमान गरिएको उद्योग अधिकृत भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू वर्षमा ‘एक स्थानीय तह एक औद्योगिक उत्पादन’ कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रदेशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न टेवा पु¥याउनका लागि ‘एक निर्वाचन क्षेत्रमा दुई नवीन उद्योग’ सञ्चालन गर्ने नीतिअनुरुप तीन करोड २० लाख रुपैया विनियोजन गरेको छ ।

महिलाको स्वामित्व बढ्दै

जिल्लामा पछिल्लो समयमा उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढ्दै गएको देखिएको छ ।
महिलाको नाममा उद्योग दर्तामा छुटको कानूनी व्यवस्था गरिएस“गै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको पाइएको छ । ‘एक करोड रुपैयासम्मको कूल पू“जी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानूनी व्यवस्था गरिएकोले उद्योगमा महिलाको स्वामित्व उल्लेख्य बढेको छ’ उद्योग अधिकृत भट्टले भने ।
कैलालीमा नौ हजार एक सय ५४ उद्यमी रहेकोमा दुई हजार पा“च सय महिला उद्यमी रहेको जनाइएको छ । यी उद्योगमा पा“च हजार पा“च सय ३६ रोजगार रहेकोमा दुई हजार तीन सय ३४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार