११ श्रावण २०८१, शुक्रबार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु



धनगढी । ‘समानताको पुस्ता ः बलात्कार विरुद्ध ऐक्यवद्दता’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ ।
देशभरी एकैसाथ शुरु भएको महिला हिंसा विरुद्धको अभियानका क्रममा सोमबार धनगढीमा प्रभातफेरि आयोजना गरिएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि मन्त्रालयसम्म प्रभातफेरि निस्केको थियो ।
प्रभातफेरीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, प्रदेश सभामा सामाजिक विकास समिति सभापति कुन्ती जोशी, प्रदेश सभा सदस्य दुर्गा विक, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर बिष्ट, मन्त्रालयका कर्मचारी, लैंगिक हि“सा विरुद्ध काम गरिरहेका संघसंस्थाका प्रमुख तथा पदाधिकारी, नागरिक समाजका अगुवा, सुरक्षा अधिकारी, अधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि मन्त्रालयमा आयोजिक कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीले महिलामाथि हुने कुनै पनि प्रकारको घरेलु हिंसा, बलात्कार, बोक्सी, कुटपीट तथा दुव्र्यवहार नियन्त्रण सबैको दायित्व रहेको बताइन् ।
मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयले महिला सशक्तिकरण, महिलाहरूको क्षमता अभिबृद्धि, सीप विकास सम्बन्धी कार्यक्रम समेटेको बताइन् ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख भट्टले परम्परागत रुपमा महिलाहरू बढी हिंसामा पर्ने गरेको भए पनी लैंगिकताको सवालमा पुरुषहरूले पनि विभिन्न हिंसा भोग्नु परेको चर्चा गरिन् ।
उपप्रमुख भट्टले परिवारबाटै छोरा र छोरीलाई फरक ब्यवहार, भागबण्डा गरिने भएकाले यसलाई समान ब्यवहार तथा हैसियत बनाउनुपर्ने बताइन् । उनले स्वच्छ घरपरिवार, महिला हिंसामुक्त समाज र स्वच्छ नगर बनाउन सबैसंग आग्रह गरिन् ।
मन्त्रालयका निमित्त सचिव बिष्टले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सामाजिक विकास मन्त्रालयले यस वर्ष विभिन्न कानुुनको पालना, कानुनहरूको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको बताए । उनले सामाजिक विकास मन्त्रालयले बालबिवाह र छाउपडि प्रथा विरुद्ध बाजुरा, बझाङ, अछाम, दार्चुला लगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।
अभियानका क्रममा कैलालीको बर्दगोरिया गाउपालिकामा पनि कार्यक्रम भएको छ ।
कार्यक्रम गाउ“पालिका उपाध्यक्ष भगवती डगौराथारुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष बलिराम डगौराथारु, वडाध्यक्षहरू जयरुप खतिवडा, भेखु चौधरी, करने सुनार, पुरनसिंह बिसी, श्याम कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशी, कृषि शाखा प्रमुख झंकर रावल, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, नेकपा बर्दगोरिया अध्यक्ष रामबहादुर साउद, नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाही, जनमोर्चा नेपालकी अध्यक्ष रुपा आलेमगर, फायान नेपालका शेरबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला शाखा प्रमुख पानमति रानाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन सरिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार