१२ श्रावण २०८१, शनिबार

रासायनिक मल प्रयोगमा कमी ल्याउन सुझाव



धनगढी । कृषिविज्ञहरूले मानव स्वास्थ तथा माटोको उर्वरा सुधार गर्न खेतीमा रसायनिक मलको प्रयोगमा कमी ल्याउनु पर्ने औल्याएका छन् ।
इनभी पावर इन्र्जी एण्ड फर्टिलाईजर प्रालि र न्यू कृषक सेवा केन्द्रको संयूक्त आयोजनामा शुक्रबार धनगढीमा भएको रासायनिक मलको प्रयोगबाट उत्पन्न समस्या तथा जैविक मलको उपयोग सम्बन्धी अन्तक्र्रियामा कृषि प्राविधिकहरूले आम किसानमा खेतीपातीमा रसायनिक मलको अत्यधिक प्रयोगको बानी चिन्ताजनक बताए ।


कार्यक्तममा सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने– रसायनिक मलको प्रयोग गर्ने बानी यतिबढी भइसकेको छ कि एकैचोटी रोकथाम गर्न सकिदैन । यसको प्रयोगमा कमी ल्याउदै कृषकलाई जैविक मलको प्रयोग गर्ने बानीको विकास गर्न आवश्यक छ ।
कृषि निेर्देशक जोशीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रसायनिक मलको प्रयोग न्यून मात्रामा भएको बताए । ‘प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा मात्र रसायनिक मलको प्रयोग भइरहेको पाइएको छ । तर, कैलाली र कञ्चनपुरमा भने रसायनिक मलको प्रयोग अत्याधिक बढेको छ ।
उनले सरकारले वर्षेनी छ देखि १० अर्ब रुपैया रसायनिक मल अनुदानमा वितरण गरिरहेको बताए ।
गहु“वाली प्रजनक, पूर्व गहु“वाली संयोजक तथा जिन बैंक प्रमुख मदन भट्टले रसायनिक मलका कारण माटोको उर्वरा शक्तिमा कमि आइरहेको चर्चा गरे । कार्यक्रममा रसायनिक मलको प्रयोग तथा असरबारे प्रस्तुति गर्दै उनले भने– अहिलेकै अवस्थामा अगाडि बढ्ने हो भने सन् २०३० सम्म खाद्य सुरक्षा र पोषणयुक्त खाना उपलब्ध गराउन सक्ने अवस्था छैन । उनले स्वस्थ अन्न उब्जाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताए ।
उनले नेपालमा सन् २००० देखि सन् २०१८ सम्म मुख्य खाद्यान्न बालीहरूको उत्पादनस्थिति सन्तोषजनक नरहेको बताए । जीन बैंक प्रमुख भट्टका अनुसार सन् २००० मा नेपालमा धान २८ लाख ११ हजार मेट्रिक टन उत्पादन भएकोमा सन् २०१८ मा ३३ लाख ३० हजार मेट्रिक उत्पादन भएको थियो ।
त्यस्तै, सन् २००० मा १४ लाख ८४ हजार मेट्रिक टन मकै उत्पादन भएकोमा सन् २०१८ मा २५ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो ।
त्यस्तै, सन् २००० मा ११ लाख ५८ हजार मेट्रिक टन गहुँ उत्पादन भएकोमा सन् २०१८ मा १७ लाख ८६ हजार मेट्रिक टन उत्पादन भएका थियो ।
उनले भने– सन् २०५० को जनसंख्यालाई खुवाउन अहिलेको उत्पादनको ६० देखि ७० प्रतिशत अतिरिक्त खाद्यान्न उत्पादन हुनु आवश्यक हुन्छ । अहिले बढ्दो शहरीकरण, मौसम परिवर्तन, खेतीयोग्य जमिनको खण्डिकरण लगायतका कारणले खाद्यान्न उत्पादनमा आशातित बृद्धि हुनसकेको छैन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका कृषि विकास अधिकृत लोकराज उपाध्यायले हिमालदेखि तराईसम्मका किसानहरूलाई जैविक मलको प्रयोगमा आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रम कम्पनीका प्रवन्धक भगिरथ अग्रवालको अध्यक्षतामा भएको थियो । प्रबन्धक अग्रवालले दुई वर्षअघि नवलपरासीमा स्थापना भएको कम्पनीले दैनिक १३ टन जैविक मल उत्पादन गर्दै आएको बताए । उनका अनुसार दाङ, धनगढी, नुवाकोट लगायतका स्थानमा मल विक्री वितरण भइरहेको छ ।
न्यू कृषक सेवा केन्द्रकी प्रतिनिधी रेवतीमाया ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन मानबहादुर रोकायाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार