२५ मंसिर २०८१, मंगलवार

सबैको उद्घोष : भारतीय बलमिच्याईको सशक्त प्रतिकार



धनगढी । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी लागयतका नेपाली भूभाग आफ्नो सिमानाभित्र राखेको विरुद्ध देशभरी विरोध कार्यक्रम जारी रहेका छन् ।


भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरुद्ध मुलुकका विभिन्न ठाउ“मा प्रदर्शन, गोष्ठी, पुतला दहन लगायतका कार्यक्रम जारी रहेका छन् ।
यस क्रममा मंगलबार धनगढीमा “नेपाली सिमा अतिक्रमण विषयक विचार गोष्ठी तथा अन्तक्रिया कार्यक्रम” भएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद, बुद्धिजीवी, राजनीतिकर्मी, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सिमाको क्षेत्राधिकार संघीय सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले चाहेर पनि कुनै पहलकदमी गर्न नसकेको बताए ।
उनले भने– यदि प्रदेश सरकारलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालनको अधिकार भएको भए अहिलेसम्म सिमा क्षेत्रमा सेना परिचालन भईसक्थे ।
उनले भारतको हेपाहा प्रवृत्ति आफूहरुलाई कदापी सह्य नहुने दोहो¥याए । भने– भारतको बलमिच्याईको विरुद्ध हामी सधैं प्रतिकार गर्न तत्पर छौं ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले नेपाली सिमा रक्षाको लागि सबै एकजुट भएर एकठाउमा उभिन आग्रह गरे ।
नेता रावलले सरकारलाई सिमा विवाद समाधान गर्न नेपाली कांग्रेस लगायत आम नेपाली जनताको साथ र समर्थन रहेको बताए । भने– हाम्रो सिमा रक्षाका लागि हामी सबैको सरकारलाई साथ छ र सरकार सामु यो अग्नी परिक्षा हो ।
नेपाली कांग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले भारतको ज्यादती कदापि स्वीकार्य नहुने बताए । उनले सिमा रक्षा तथा सिमा विवादको कुटनीतिक समाधानका लागि सरकारले तत्काल प्रभावकारी पाइला चाल्नुपर्ने बताए ।
कार्यक्रममा प्राध्यापक डाक्टर हेमराज पन्तले नेपालले सिमा क्षेत्रमा सुरक्षा निगरानी बढाउनुृ पर्ने बताए ।
कार्यक्रममा नास्ट कलेजका प्रमुख शिवहरी मुडभरीले भारतीय पक्षले कालापानी, लिपुलेक मात्रै नभएर चौतर्फी रुपमा सिमा अतिक्रमण गरिरहेको बताए । उनले तराईका जिल्लाहरुमा पनि सिमा अतिक्रमण बढीरहेका भन्दै सरकारको त्यसप्रति ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य दिल बहादुर थापाले युवा संघ मातृभूमिको रक्षाका लागि जस्तोसुकै त्याग र बलिदान गर्न तत्पर रहेको बताए ।
कार्यक्रम युवा संघ नेपालको आयोजनामा भएको कार्यक्रमको सञ्चालन संघका केन्द्रीय सदस्य विनय शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार