१२ श्रावण २०८१, शनिबार

एलपिएलमा अायाेजक नै च्याम्पीयन



धनगढी । सुवास र विपिन ब्याटिङमा चम्किएपछि धनगढीको लिटल फ्लावर स्कुल निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (निष्ट एलपीएल) च्याम्पियन बनेको छ । लिटल फ्लावरले लगातार दोस्रो पटक उपाधि जीतेको हो ।


धनगढीस्थित संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा मंगलबार भएको फाईनलमा लिटल फ्लावरले काठमाडौंको हिमालयन ह्वाईट हाउस स्कुललाई नौ विकेटले पराजित गर्दै एलपीएलको उपाधी उचाल्यो । उपाधीसंगै लिटल फ्लावरले दुई लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । उपविजेता हिमालय ह्वाईट हाउसले एक लाख रुपैया“ प्राप्त ग¥यो ।
हिमालयन ह्वाइट हाउसले दिएको एक सय ३८ रनको विजय लक्ष्य पुरा गर्ने क्रममा लिटल फ्लावरका सुवास ऐरले धु“वाधार ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए । सुवासले ५४ बलको सामना गरे । सो क्रममा उनले हिमालयन ह्वाइट हाउसका बलरलाई आच्छुआच्छु पार्दै तीन विशाल छक्का तथा नौ चौका हिर्काउ“दै ६८ रन बनाए ।
लिटल फ्लावरको जीतमा सुवास र कप्तान विपिन रावलको पहिलो विकेटका लागि भएको एक सय तीन रनको साझेदारी निर्णायक रह्यो । विपिनले ६८ बलको सामना गर्दै तीन छक्का र चार चौका सहित ४७ रन बनाए । तीन रनले अर्धशतक बनाउन चुकेका विपिनलाई हिमालयन ह्वाइट हाउसका बिक्रम ठगुन्नाले आउट गरेका थिए । लिटिल फ्लावरका नरेन भट्ट १२ रनमा अविजित रहे । लिटिल फ्लावरले ११ बल बा“की छ“दै एक विकेट क्षतिमा विजय लक्ष्य पुरा गरेको थियो ।
फाईनल खेलमा हिमालयन ह्वाइट हाउसले टस जीतेर पहिले व्याटिङ गर्ने निर्णय ग¥यो । उसको सुरुवात राम्रो भए पनि मध्यक्रमका खेलाडी टिक्न नसकेपछि २० ओभरमा एक सय ३७ रनमा सिमित भयो ।
हिमालयनका प्रारम्भिक ब्याट्सम्यान दिपक वोहरा र सुदीप बस्नेतले पहिलो विकेटका लागि छ ओभरमा ६१ रनको उत्कृष्ट शुरुवात गरे । दिपकले ३४ तथा सुदीपले १८ रन बनाए ।
हिमालयनका मध्यक्रमका ब्याट्सम्यान सस्तैमा एकपछि अर्को गर्दै पवेलियन फर्केपछि छैठौ नम्बरका सुमित श्रेष्ठले केही टिकेर खेले । तर अरु खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि हिमालयन एक सय ३७ रनमा चित्त बुझाउन बाध्य भयो । सुमीतले २५ रन बनाए ।
बलिङतर्फ लिटल फ्लावरका दिपक रोकाया र अनुराग सिंहले दुई÷दुई विकेट लिए । भने विपिन रावलले एक विकेट लिए ।
फाईनल खेलको म्यान अफ द म्याच फ्लावरका सुवास बने । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै हिमालयन ह्वाईट हाउसका आरियो पौडेलले १५ हजार रुपैया“ प्राप्त गरे ।
त्यस्तै, शारदा विद्या निकेतनका वीरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावरका दिपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरकै अनुराग सिंह उदयमान खेलाडी बने ।
प्रतियोगिता समापनका अवसरमा आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही, निष्ट कलेजका संस्थापक प्रिन्सिपल डाक्टर माधव बराल, लगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा कार्तिक १६ गतेदेखि शुरु भएको एलपीएल–४ मा देशका विभिन्न जिल्लाका १२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं लैनचौरस्थित निष्ट कलेज रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार