१० श्रावण २०८१, बिहीबार

मोदीको पुत्ला दहन



बैतडी । भारते नेपाली भूमि आफ्नो नक्सामा राखेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ ।


भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो । कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुतला दहन गरेको पुतला दहनमा सहभागी स्थानीय राजेश धामीले जानकारी दिए ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ ।
भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन् । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार