१० श्रावण २०८१, बिहीबार

भारतले नक्सा सच्याउनुपर्ने माग



धनगढी । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी, कुटी, गुन्नी, नावी लगायत राखेर भारतले सार्वजनिक गरेको नक्सा सच्याउन माग गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएर सो माग गरेका हुन् । सत्तारुढ दलका युवा कार्यकर्ताहरुले भारतसंग नेपाली भुमी कब्जा सम्बन्धी समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको जनाएका छन् ।
ज्ञापन पत्रमा नेपाली भूमि कब्जा गर्ने भारतीय विस्तारवाद घोर आपत्तिजनक, निन्दनीय र अस्वीकार्य रहेको जनाएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभीमानलाई अक्षुण राख्नु नेपाल सरकारको दायित्व र कर्तव्य हो,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यसलाई हेलचक्र्याईं गरी वेवास्ता गरेमा नेपाली युवाहरुले प्रतिरोधमा उत्रिन बाध्य हुने छौं ।’
भारतले नेपालको १७२ स्थानमा नेपालको ७८ हजार हेक्टर जमिन कव्जा गर्दा पनि सरकारले उचित पहल नगर्दा पटक पटक भारत नेपालीको जमिनमा आखा गाड्न थालेको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउदै युवा नेता रमेश प्रसाद भट्टराईले भारत नेपाली भुमिलाई विभिन्न वाहनामा हडप्ने कार्यगरी रहेकाले सरकारले समस्या समाधान गर्न कुटनिक पहल गर्नुपर्ने बताए । उनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियता र राष्ट्रिय अखन्डता माथि खेलबाड गर्ने र नेपाली जनता माथि दुर्वेवहार गर्ने कार्य भारतबाट हुदै आएको बताए ।
ज्ञापन पत्रबुझ्दै मुख्यमन्त्री त्रिलाचन भट्टले सिमानाको बिबाद प्रदेको मातहतमा नरहेकाले संघीय सरकारसंग पहल भइरहेको बताए । उनले जति सक्दो चाडो कुटनितिक पहल गरी नेपालको भुमि फिर्ता गराउन संघीय सरकारले पहल थाल्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार