२५ मंसिर २०८१, मंगलवार

भारतको नक्सामा कालापानी र लिपुलेक



एजेन्सी समाचार/काठमाडौं । भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफनो भूभागमा राखेको भेटिएको छ । करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफनो नक्सामा राखेको हो ।


भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफनो नक्सामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफनो नक्सामा राखेको छ । भारतले जम्मु कश्मीर र लख्खादलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ । पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नया“ नक्सामा परेको हु“दा पाकिस्तानले विरोध गरेको छ । उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ । यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ । नापी विभागमा महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउ“दै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए । उनले भारतले नक्सामा पुरानै विषयलाई दोहोह्याएको बताए ।
सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ । नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन । भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाउ“ अतिक्रमण गर्दै आएको छ ।
महानिर्देशक जोशीले नेपालको आधिकारी नक्सामा लिपुलेक, कालपानी र सुस्ता समेटिएको बताए । ‘हाम्रो नक्सामा देखाउनु पर्ने कुरा छोडेका छैनौं,’ उनले भने, ‘उस (भारत)ले पुरानै कुरालाई दोह्याएको छ ।’
गत फागुनमा नेपाल नक्सामा कालापानी र लिपुलेकसमेत गायब भएको समाचार प्रकाशित भएपछि नापी विभागले कालापानी र लिपुलेकलाई समेटेर आधिकारिक नक्सा प्रकाशन गरेको थियो ।
काली नदी पूर्वको क्षेत्रलाई नेपालको भूभाग भएको सन् १८१६ मा भएको सुगौली सन्धिमा उल्लेख छ । अहिले लिपुखोलाको पश्चिमको भूभाग मात्रै नेपालको नक्सामा समेटिएको छ ।
भारतले जारी गरेको नक्सा सुगौली सन्धि विपरित छ । उसले जारी गरेको नक्सामा काली नदीपूर्वको केही क्षेत्रसमेत भारतमा पारेको छ । नापी विभागका पूर्वमहानिर्देशक गणेशप्रसाद भट्ट आफनो कार्यकालमा आधिकारिक नक्सा प्रयोग गर्न सुचित गराउने काम गरेको बताए ।
‘गलत नक्सा प्रयोग भएको धेरै भेटियो,’ उनले भने, ‘त्यसैले मेरा पालामा नापी विभागले नै प्रकाशन गरेको नक्सा प्रयाग गर्न अभियान चालेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार