१० श्रावण २०८१, बिहीबार

धान नपसाएपछि काटेर अर्को बाली लगाउने तरखर



धनराज बिक/लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाका थुप्रै किसानको यस पटक “मानो रोपेर मुरी फलाउने” सपना तुहिएको छ । लम्कीचुहा नगरपालिकाका विभिन्न गाउँमामा ३० बिघा आठ कठ्ठा जग्गामा गरिमा जातको धान रोपेका किसान अहिलेसम्म धान नपसाएपछि काट्ने निर्णयमा पुगेका छन् । वीऊ बिक्रेताको भर परेर “टन्न धान फलाउने” आशमा गरिमा जातको धान रोपेका किसान अहिले “झुक्यायो गरिमाले” भन्दै अर्को बाली लगाउने तरखरमा छन् ।


लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्काका भीमराज बजगाईंले आफुले आठ कठ्ठा जग्गामा गरिमा धान लगाएको बताए । कार्तिक महिनाको दोस्रो साता वितिसक्दा पनि धान नपसाएपछि उनी पनि हरियो बोट नै काट्ने तरखरमा छन् । उनले भने– अरुले धान भित्राएर खेतबारी खनजोत गरि अर्को बाली लगाउने तयारी गरिसके । आफ्नो खेतमा भने अहिलेसम्म धान पसाएकै छैन ।
वडा नम्बर ४ कौवापुरका कपुरे रावत, प्रेम बिष्ट र रणबहादुर बिष्टले पनि आफ्नो खेतमा लगाएको गरिमा धान अहिलेसम्म नपसाएपछि काटेर अर्को बाली लगाउने तरखर गरिरहेको बताए ।
लम्कीचुहा नगरपालिका सहित कैलाली, कञ्चनपुर लगायत मुलुकका दर्जन बढी जिल्लामा यस वर्ष गरिमा तथा सिन्दूरी जातको धानमा बाला नलागेको घटनाले व्यापक चर्चा पाएको छ । सरकारले गुणस्तरहीन धानको वीऊका कारण क्षती बेहोरेका किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको बताइएको छ ।
स्थानीय तहमा पनि गरिमा जातको धानको वीऊका कारण भएको क्षतिबारे छलफल भइरहेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लालबहादुर बोगटीले गत शुक्रबार वीऊ बिक्रेता र किसानबीच वडा कार्यालयको पहलमा छलफल गरिएको बताए । उनले अहिलेसम्म पनि नपसाएको हरियो धान काट्ने र नया“ बाली लगाउने सहमती भएको बताए । उनले क्षति बेहोरेका किसानलाई उचित क्षतिपूर्ति दिलाउन प्रदेश तथा संघीय सरकारसंग पहल गरिने बताए ।
नगरपालिकाका कृषि शाखा प्रमुख बिक्रम चौधरीले गरिमा धानको वीऊका कारण धान नपसाएकोबारे अध्ययन भइरहेको बताए । उनले नगरपालिकाभित्र ३० बिघा बढी जग्गामा तीन सय ३० किलो गरिमा धानको वीऊ रोपिएको बताए ।
गरिमा धानको वीऊ बिक्रेता मध्येका एक लम्कीस्थित साधना एग्रोभेटका सञ्चालक प्रेम चौधरीले आफूले पा“च बिघा आठ कठ्ठाका लागि एक सय आठ किलो वीऊ बिक्री गरेको बताए । उनले भने– हामीले उन्नत जातको र धेरै फल्ने भनेर यो (गरिमा) जातको वीऊ बिक्री ग¥यौं, तर अहिले किसानलाई धोका भयो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरमा पनि गरिमा धान रोपेका किसानहरूले धोका पाएका छन् ।
यसैबीच, गुणस्तरहीन जातको धानको वीऊका कारण ठगिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पहल गरेको छ ।
संसदीय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा कृषि अनुसन्धान परिषद (नार्क) का प्रतिनिधिहरूसंग गरिमा जातको धानको वीऊका कारण किसानले बेहोर्नुपरेको क्षतीबारे छलफलपछि सरकारलाई तत्काल किसानलाई क्षतिपूर्ति दिन निर्देशन दिइएको जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरिमा धानको वीऊका कारण नोक्सानी बेहोरेका किसानलाई क्षतिपूर्ति दिने प्रकृया सुरु भइसकेको र एक महिनाभित्र टुंगिने जनाएको छ । मन्त्रालयले गरिमा धानको वीऊ लगाएका कारण भएको क्षतिपूर्तिको मूल्यांकन र क्षतिपूर्तिको सिफारिस गर्न गत ७ गते एक समिति गठन गरेको छ । समितिले मंसिर पहिलो साता सरकारलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।
गरिमा धानमा भएको क्षति मूल्यांकन तथा क्षतिपूर्तिबारे सिफारिस गर्न गठित समितिको प्रारम्भिक अध्ययनअनुसार विभिन्न जिल्लाका गरी एक हजार चार सय आठ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाला लागेको छैन । सबैभन्दा बढी चितवनका किसान पीडित बनेका छन् । चितवनमा छ सय चार हेक्टर क्षेत्रफलमा गरिमा जातको धानको वीऊ लगाइएको थियो ।
त्यसैगरी, कैलालीमा दुई सय ९१ हेक्टर, बा“के र बर्दियामा दुई सय हेक्टर, कञ्चनपुरमा ५७ हेक्टर, दाङमा एक सय पा“च हेक्टर, कपिलवस्तुमा चार हेक्टर, तनहु“मा चार हेक्टर र नवलपरासीमा एक सय ४२ हेक्टर क्षेत्रफलमा गरिमा जात धानको वीऊ लगाईएको थियो ।
नेपालमा २०७२ सालमा गरिमा हाईब्रिड जातको धानको वीऊ सूचिकृत भएको थियो । भारतको हैदरावादस्थित रिनोभा शीड साईन्स ईन्डिया प्रालिले उत्पादन गरेको गरिमा जातको धानको वीऊ नेपालमा आयात गर्ने प्रस्तावक साउथ ईस्ट एसिया शीड कम्पनी, नेपालगञ्ज हो भने सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्राली, लमही दाङ आयातकर्ता हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार