३१ बैशाख २०८१, सोमबार

समाजिक सञ्जालमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरौ : पर्यटन मन्त्री भट्ट



धनगढी । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न सबैले सामाजिक सञ्जालमा जोड् दिनुपर्ने बताएकी छन् ।


नेपाल भ्रमण वर्ष २०२० अन्तरगत गठित सुदूरपश्चिम पर्यटन प्रबद्र्धन समितिको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सामाजिक सञ्जाल मार्फत् प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार ब्यापक बनाउनुपर्ने बताएकी हुन् । उनले प्रदेशका सबैलाई आ–आफ्नो फेसबुक, ट्वीटरमा पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि बडीमालीका, त्रिपुरा सुन्दरी, शैलेश्वरी, उग्रतारा, खप्तड लगायतका पर्यटकीय क्षेत्रहरुको तस्बिरसहित लेख्न आव्हान गरिन् ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्यटन मन्त्रालयले बिशेष योजना बनाएर अगाडि बढेको उनले बताइन् । ‘प्रदेशका सात वटै नाकाहरुमा पर्यटकीय क्षेत्रहरुको प्रचारको लागि बोर्डहरु राख्ने तयारी गरिरहेका छौ’ मन्त्री भट्टले भनिन्, ‘कर्णाली (चिसापानी, अत्तरिया, धनगढी लगायत लगायत सात वटै नाकाहरुका पर्यटन सूचना केन्द्र समेत राख्ने योजना छ ।’
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा पर्यटकहरुको संख्यामा बृद्धि गर्न अभियान थालिने समेत मन्त्री भट्टले बताइन् । उनले पर्यटन विकासका लागि पुर्वाधार मात्रै नभएर प्रचारप्रसार समेत आवश्यक रहेको बताए ।
मन्त्री भट्टले खप्तडको धेरै चर्चा गरिएको भएपनि आफू अझै पनि खप्तड जान नपाएको बताउ“दै त्यसको प्रचारप्रसारको लागि यसैवर्ष छिट्टै खप्तड जाने तयारीमा रहेको समेत बताइन् । उनले खप्तड आउने पर्यटकलाई खप्तडमै उत्पादन भएका कृषि उपजहरुको परिकार पस्किन आवश्यक रहेको बताइन् ।
पछिल्लो समय खप्तडमा पर्यटकको संख्यामा बृद्धि भएपनि उनीहरुलाई बसाईको उचित व्यवस्था नहुदा आएका पर्यटकहरुले ठुलो समस्या भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै आवासको लागि भवन निमार्णको पक्रिया अगाडि बढेको मन्त्री भट्टले बताइन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र बस्नको लागि खप्तडमा होमस्टे सञ्चालनको तयारी समेत गरिएको बताइन् ।
उनले एकै पटक सबै गर्न नसकेपनि प्रदेशको पर्यटन विकास सुधारोन्मुख भएको बताइन् । उनले विस्तारै पर्यटन क्षेत्र सुधार भइरहेको बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले छुट्याएको १४÷१५ करोडले सबै काम एकै पटक गर्न नभ्याएपनि एक एक गरेर पूर्वाधार विकास र पर्यटन प्रबद्र्धनको काम गरिरहेको बताइन् ।
आन्तरिक तथा बाह्य पर्यटकको हवाई भाडा अत्याधिक महंगो भएको भन्दै ह्वाई भाडादर घटाउन पहल गरिहेको मन्त्री भट्टले बताइन् । ‘धनगढी विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन संघीय सरकारसंग पहल गरिरहेका छौं,‘ उनले भनिन्, ‘धनगढी–पोखरा उडानका लागि समेत पहल भइरहेको छ ।’
टुरिष्ट गाईडहरुको व्यवस्था साथै भ्रमणका बिशेष प्याकेज बनाएर अगाडी बढ्ने तयारी गरिरहेको मन्त्री भट्टले बताइन् । यसका लागि निजी क्षेत्रहरुसंग सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले सुदूरपश्चिम पर्यटन प्रबद्र्धन समितिको पहिलो बैठकमा पदाधिकारी र सदस्यहरुबीच परिचयात्मक कार्यक्रम हुनुका साथै सबैलाई नियुक्त पत्र दिने काम भएको बताए । उनले समितिको दोस्रो बैठक मुख्यमन्त्री तथा समितिका संरक्षकको संयोजकत्वमा मंसिर पहिलो हप्ता बस्ने र सोही बैठकबाट ठोस योजना बनाएर अगाडि बढ्ने निर्णय भएको बताए ।
उनले पहिलो बैठकबाट भ्रमण वर्षको पहिलो दिन प्रदेशभरि विशेष कार्यक्रम गरी मनाउने र वर्षभरी गरिने कार्यक्रमको विषयमा छलफल प्रारम्भ भएको बताए । उनले प्रदेश र स्थानीय तहहरुले समेत छुट्टछुट्टै कार्यक्रम गरी पहिलो दिन भव्यताका साथ मनाउन उपयुक्त हुने बताए ।
राज्यमन्त्री रावलले सुदूरपश्चिम प्रदेशको प्रमुख गन्तव्य खप्तडलाई केन्द्रित गरेर पूर्वाधार विकास गर्ने योजना मन्त्रालयले बनाएको बताए । उनले खप्तडमा जाने व्यक्तिहरुको लागि ठाउ“मा सूचना बोर्ड बनाउने, ठाउ“ठाउ“मा विश्राम स्थलहरु बनाउने लगायतको काम गरिने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव तथा सुदूरपश्चिम पर्यटन प्रबद्र्धन समितिका सदस्य सचिव डा. दिपककुमार खरालले पूर्वाधार विकास विना पर्यटन विकास सम्भवन नरहेको मन्त्रालयले महसुस गरिसकेको बताए । उनले पनि खप्तडलाई विशेष प्राथमिकतामा राखेर पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले मन्त्रालयले पा“च वटा पर्यटन करिडोर पहिचान गरी काम गरिरहेको बताए । उनले चार वटा उत्तरदक्षिण र एउटा पूर्वपश्चिम करिडोर विकास गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको बताए । उनले खप्तडमा पर्यटकहरु बस्नका लागि होमस्टे सञ्चालन, सूचना पार्टी राख्ने, कुक, पर्यटन तालीम दिने लगायतका योजना मन्त्रालयले बनाएको बताए ।
सचिव खरालले भ्रमण वर्ष आउन अझै दुई महिना बा“की रहेकाले अझै पर्याप्त तयारी गर्ने समय रहेको बताए । उनले तदारुकताका साथ काम गरे अरु प्रदेश सरह तयारी गर्न सकिने दावी गरे ।
समिति गठन भएको पा“च महिनापछि मात्रै पहिलो बैठक बसेको हो । २०७६ जेठ २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । समितिमा पहाडी जिल्ला नसमेटिएको भन्दै आलोचना भएपछि १९ सदस्यी सो समिति पुनर्गठन गर्ने निर्णय भएको थियो । सो निर्णय अनुसार प्रदेशको पर्यटन मन्त्रालयले गत भदौ ३१ गते थप १७ जना सदस्य नाम सिफारिस गरेको थियो । सो सिफारिस संघीय पर्यटन मन्त्रालयले अनुमोदन गरेपछि समितिले पूर्णता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार