१३ पुष २०८१, शनिबार

व्यवसायीहरूको गुनासो लगानी भित्राउन लगानीमैत्री नीतिको अभाव



धनगढी । उद्योग बाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूले सुदूरपश्चिममा लगानी भित्राउन अझैं सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो दोहोर्‍याएका छन् ।


नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा युएनडीपीको संयुक्तमा आयोजना धनगढीमा भएको व्यवसाय तथा मानव अधिकार सम्बन्धी प्रदेशस्तरीय सम्वाद कार्यक्रममा महासंघका पदाधिकारीकारी तथा अन्य व्यवसायीहरूले लगानीमैत्री निितगत व्यवस्थाको अभावका कारण अझैं पनि सुदूरपश्चिममा लगानी गर्ने वातावरण बन्न नसकेको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन लगानीमैत्री नभएको बताए । उनले भने– सुदूरपश्चिम प्रदेशमा किन अपेक्षित लगानी भित्रिन सकेको छैन भनेर सरकारले मनन् गर्नु पर्दछ । मैले आर्थिक ऐनका व्यवस्थाका आधारमा लगानी गर्छु । यदि आर्थिक ऐन नीीत फिजिवल भएन भने लगानी गर्न सकिदैन । उनले प्रत्येक लगानीकर्ताले नाफा कमाउनु अधिकार रहेको र नाफामा कर तिर्नु दायित्व रहेको दोहो¥याए ।
पूर्व अध्यक्ष मुरारकाले कतिपय स्थानीय सरकारहरूले ऐनमा व्यवस्था नै नभएका कर समेत लगाएको गुनासो गरे । भने– संबैधानिक रुपमा कर लिन नमिल्ले शिर्षकमा समेत कतिपय स्थानीय तहहरूले कर लिइरहेका छन् । यसले व्यवसायीहरूको मानवअधिकार हनन् भइरहेका छ ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र सुदूरपशिचम प्रदेशका अध्यक्ष शंकर बोगटी लगायतका व्यवसायीहरूले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले व्यवसायीहरूलाई सुदूरपश्चिममा लगानी गर्न आव्हान गरिन् । उनले कानुनमा समस्या भएमा छलफल समेत अगाडि बढाउन तयार रहेको बताइन् । उनले लगानीकर्ताहरूले प्रस्ताव लिएर आएमा विभिन्न किसिमको सुविधा दिन प्रदेश सरकार तयार रहेको समेत बताइन् ।
उद्योग, पर्यटन लगायतका क्षेत्रमा लगानीको आवश्यकता रहेको बताउँदै मन्त्री भट्टले भ्रमण वर्ष २०२० का लागि समेत लगानी गर्न सकिने बताइन् । उनले सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा उद्योग स्थापना गर्ने लक्ष्य लिएको बताउँदै यहाँका कृषि, वन तथा जडीबुटीजन्य पदार्थको प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा प्रदेश सरकारले सहयोग गर्ने बताइन् ।
मन्त्री भट्टले एकअर्काको मर्यादा गर्न सकेमा देश विकासले फड्को मार्न सक्ने बताइन् । उनले नेपालमा एकअर्कालाई सम्मान गर्न नसकेकै कारण केही पैसा बढि कमाउन मानिसहरू विदेश जाने गरेको र नेपाली उद्योगहरूले मजदुर पाउन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार