१० श्रावण २०८१, बिहीबार

धानको बाला नलागेपछि वीऊ बिक्रेतालाई कारबाही हुँदै



धनगढी । कैलाली र कञ्चनपुरका किसानले लगाएको गरिमा जातको धान नपसाएपछि वीऊ विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । महेन्द्रनगरमा रहेको कृषि ज्ञान केन्द्रले दुवै जिल्लाका धानको वीऊ बिक्रेताहरूको तथ्यांक संकलनको काम सुरु गरेको जनाएको छ ।


तथ्यांक संकलनपछि मुद्दा दर्तालगायतको कारबाही प्रक्रिया अघि बढाइने ज्ञान केन्द्रले जनाएको छ । वीऊबिजन गुणस्तर नियन्त्रण केन्द्रले बिक्रेताहरूको यथार्थ जानकारी संकलन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।
सोहीअनुसार बिक्रेता र बिक्री भएको वीऊको मात्राबारे विवरण संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए ।
कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्यांकअनुसार हालसम्म कैलाली र कञ्चनपुरमा करिब २५ क्विन्टल गरिमा धानको वीऊ बिक्री भएको विवरण प्राप्त भएको छ । सो परिमाण अझै बढ्न सक्ने देखिन्छ ।
यसैगरी कैलाली र कञ्चनपुरमा एक हजार दुई सय १९ परिवारले तीन सय ४९ हेक्टरमा गरिमा जातको धान लगाएको तथ्यांक संकलन भएको छ । गत वर्ष केही किसानले मात्रै गरिमा धान लगाएका थिए । बढी फल्ने र खानामा मिठो हुने भएकाले कृषकहरूले यसलाई धेरै रुचाएको बताइन्छ ।

धानको वीऊमा ठगिएका किसानले बनाए संघर्ष समिति

धनगढी । गरिमा धानको बीउले ठगिएका कैलालीका किसानले संघर्ष समिति गठन गरेका छन् । कैलालीको मसुरियामा सोमबार भएको किसान भेलाले संघर्ष समिति गठन गरेको जनाइएको छ ।

किसान बासुदेव गुरागाईको संयोजकत्वमा गठन भएको संघर्ष समितिमा नैनसिंह बुढामगर, भरथरी चौधरी, रमेश बोगटी, सुरज चौधरी, दिपेन्द्र चौधरी, सन्तराज चौधरी र सविता चौधरी सदस्य रहेका छन् ।
भेलामा मसुरिया नगरपालिकाका एक सय पाँच जना किसानको सहभागिता रहेको थियो ।
किसानहले गरिमा र सिन्दुरी धानका कारण ठगिएको भन्दै क्षतीपुर्तीको माग गर्दै आएका छन् । उत्पादन नदिएको गरिमा धानको बीउबाट ठगिएका किसानलाई क्षतीपुर्ती नदिए आन्दोलन गर्ने समितिका संयोजक गुरागाईले बताए । धान काट्ने समय हुँदा पनि धानको बाला नलागेपछि किसान चिन्तित छन् । सरकारले बाला नलागेको धान नकाट्न भनेपछि हिउदे खेतीका लागि पनि अन्यौलता भएको गौरीगंगा नगरापलिका वडा नम्बर ११ का किसान रमेश चौधरीले बताए ।

तर, यसपटक गरिमा जातको धान नपसाएपछि कृषकहरू निकै चिन्तित भएका छन । कञ्चनपुरको भीमदत्त तथा शुक्लाफाँटा, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडा“डी गाउ“पालिकामा यस वर्ष गरिमा धान लगाइएको बताइन्छ  ।
यसैगरी कैलालीमा जोशीपुर, कैलारी र जानकी गाउ“पालिका तथा घोडाघोडी, गौरीगंगा र टीकापुर नगरपालिकामा यो जातको धान रोपिएको थियो ।
कात्तिकसम्म पनि धान नपसाएपछि कृषकहरू निकै चिन्तित बनेका छन । सुदूरपश्चिम कृषि विकास निर्देशनालयले असोज पहिलो साता गरिमा धानको अनुगमन तथा छानबिनका लागि कार्यदल बनाएको थियो ।
निर्देशनालयका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा रहेको कार्यदलले तथ्यांक संकलनसँगै धानको अहिलेको अवस्थाबारे पनि अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार