१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पादन कमजोर



धनगढी । कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश कमजोर देखिएको छ । ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश भन्दा कमजोर कर्णाली प्रदेश मात्र रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।


नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन सात दशमलव दुई प्रतिशत छ । कुल ग्राहस्थ उत्पादन कम रहेकै कारण सुदूरपश्चिम प्रदेशमा बढि गरिबीको अवस्था कायमै छ ।
आर्थिक सर्वेक्षण २०७५/०७६ ले सुदूरपश्चिम प्रदेशमा निरपेक्ष गरीविको रेखामुनी रहेको जनसंख्या १८ दशमलव सात प्रतिशत छ भने बहुआयामिक गरीवि दर ३४ प्रतिशत छ ।
त्यसैगरी, ६२ प्रतिशत परिवार खाद्य असुरक्षाको स्थितिमा गुजारा गरिरहेका छन् । एकअर्को तथ्यांकले सुदूरपश्चिम प्रदेशका पूर्णरुपमा खाद्य सुरक्षित रहेको घरधुरी साढे २२ प्रतिशत मात्रै रहेको छ । भने अति खाद्य असुरक्षित रहेको घरधुरीको संख्या साढे १७ प्रतिशत छ ।
करिब २६ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा देशको कुल कृषि उत्पादनको अंश नौं, कुल उद्योग क्षेत्रको उत्पादनमा अंश चार र कुल सेवा क्षेत्रको उत्पादनमा अंश पा“च प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय वार्षिक छ सय ६० अमेरिकी डलर छ । भने आर्थिक रुपले सक्रिय जनसंख्या साढे ४१ प्रतिशत छ । आर्थिक सर्वेक्षणले सुदूरपश्चिम प्रदेशमा दुई सय ३१ वटा मात्रै उद्योग रहेको र त्यसमा छ हजार दुई सय ५२ जनाले रोजगारी गरिरहेको जनाएको छ ।
गरिबीका कारण पोषिलो खाने कुरा नपाउ“दा सुदूरपश्चिम प्रदेशका ३६ प्रतिशत जनसंख्यामा पुड्कोपना रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ डडेल्धुराका वरिष्ठ कृषि अधिकृत खेमराज जोशीले बताए । उनका अनुसार २८ प्रतिशत सुदूरपश्चिमेली उमेर अनुसार कम तौलका छन् भने नौ प्रतिशत भन्दा बढि ख्याउटेपनाका सिकार भएका छन् ।
नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका सहायक निर्देशक यमबहादूर शाहका अनुसार नीतिगत व्यवस्थाप्रति लक्षित समूह जानकार नहु“दा प्रदेशको कृषि लगायतका क्षेत्रको उत्पादन बृद्धि हुन सकेको छैन । उनले यूवा पुस्ताको अत्यधिक विदेश मोहले गर्दा समेत प्रदेशको आर्थिक उत्पादनमा कमी आएको बताए । उनले युवा पुस्ता विदेश जाँदा खेतीयोग्य जमीन बाँझै रहने समस्याले कुल ग्राहस्थ उत्पादन बढ्न नसकेको बताए ।
त्यस्तै, उनले लगानी अभावका प्रशस्त उद्योग स्थापना नहुनु पनि चूनौतिको रुपमा रहेको बताए । बैंक तथा वित्तीय संस्थामा कृषि सम्वन्धि जानकार कर्मचारीको अभाव, बैंक तथा वित्तीय संस्थाहरु शहर केन्द्रित हुनु र कृषकसंग धितोको अभाव हुनु मुख्य चूनौति रहेको उनले बताए ।
कृषि उत्पादन तथा प्रशोधन मार्फत् प्रदेशको ग्राहस्थ उत्पादन समेत बढाउन सकिने र त्यसबाट गरीवि समेत घटाउन सकिने सहायक निर्देशक शाहले बताए । उनले प्रदेशको आर्थिक बृद्धिदर बढाउन नागरिकको वित्तीय पहुँच बढाउन आवश्यक रहेको बताए ।
प्राविधिक शिक्षाको विस्तार तथा स्वदेशमै रोजगार सिर्जना मार्फत् बैदेशिक रोजगारमा जाने संख्यामा कमी ल्याएर पनि प्रदेशको ग्राहस्थ उत्पादन तथा आर्थिक बृद्धिदर बढाउन सकिने आर्थिक विज्ञहरू बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार