४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिममा चिया तथा कफीको निकै सम्भावना



मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेशमा चिया तथा कफी खेतीको उच्च सम्भावना रहे पनि हाल उत्पादन भने सून्य रहेको छ ।


जियोग्राफिक इन्फर्मेसन सिस्टम (जिआईएस) मार्फत गरिएको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ९० हजार दुई सय ४९ हेक्टर जमीनमा कफी र तीन लाख ४९ हजार छ सय ६४ हेक्टर जमीनमा चिया खेतीको सम्भावना छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सन् २०१४ मा सुदूरपश्चिमको डोटी र डडेल्धुरामा कफी खेतीको सम्भावना अध्ययन गरेको थियो । सो अध्ययनका अनुसार डोटीमा ६४ हजार आठ सय र डडेल्धुरामा ५१ हजार तीन सय ३० हेक्टर जमीनमा कफी खेती विस्तार गर्न सकिने सम्भावना रहेको छ ।
तर अझसम्म पनि सुदूरपश्चिम प्रदेशमा कफी खेती विस्तार हुन सकेको छैन । चिया तथा कफी विज्ञ गौरव लुइटेलका अनुसार सुदूरपश्चिम प्रदेशको १२ हजार दुई सय दुई हेक्टर जमिनमा कफी खेतीको उच्च सम्भावना रहेको छ । उनका अनुसार प्रदेशमा ५९ हजार सात सय १६ हेक्टरमा कफीको राम्रो सम्भाना तथा एक लाख १८ हजार तीन सय ३० हेक्टर जमिनमा कफीखेतीको सामान्य सम्भावना रहेको छ ।
कफी तथा चिया विज्ञ लुईटेलका अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ३५ हजार आठ सय ४१ हेक्टर जमिनमा चिया खेती गर्न सकिने सम्भवना रहेको छ । त्यसैगरी तीन हजार नौ सय २४ हेक्टर रुखो तथा बा“झो जमीन, सात हजार आठ सय ५५ हेक्टर घा“से मैदान र दुई हजार दुई सय ४७ हेक्टर झाडी भएको जमीन समेत १४ हजार २६ हेक्टर थप जमीनमा चिया खेती गर्न सकिने सम्भावना छ ।
चिया खेतीमा ठूलो लगानी (प्रति हेक्टर वार्षिक ६ लाख) लाग्ने र उत्पादन ६÷७ वर्षपछि मात्रै शुरु हुने भएकाले चिया खेतीमा सुदूरपश्चिम प्रदेशका किसान आकर्षित हुन नसकेको चिया तथा कफी विज्ञ लुइटेलले बताए । उनका अनुसार चिया खेतीसंगै संकलन तथा प्रशोधन उद्योग समेत हुन आवश्यक भएकाले उद्योग स्थापना गर्ने क्षेत्रमा कम्तिमा दुई सय रोपनीमा चिया लगाउन आवश्यक रहेको बताए । उनले ठूलो परिणाममा साना किसानले लगानी गर्न नसक्ने भएकाले पनि सुदूरपश्चिममा चिया खेती विस्तार हुन नसकेको बताए ।
चियाको तुलनामा कम लागत (प्रति रोपनी वार्षिक २१ हजार) मा कफी खेती गर्न सकिने र विरुवा रोपेको २÷३ वर्षमै उत्पादन दिने भएकाले साना किसानले समेत गर्न सक्ने चिया कफी विज्ञ लुइटेलले बताए । उनले १० रोपनी जमीनमा कफी रोप्दा पनि पर्याप्त हुनुका टिप्नका लाति मात्रै थप श्रमिक आवश्यक पर्ने र चियाको तुलनामा जोखिम पनि कम हुने भएकाले सुदूरपश्चिम प्रदेशमा कफी खेती बढि उपयुक्त हुने बताए ।

प्रदेश सरकारको कफी खेती विस्तार योजना

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा कफी खेतीको सम्भाव्यता अध्ययन, कफी खेती प्रवद्र्धन एवं क्षेत्र विस्तार र कफी खेती नर्सरी स्थापना कार्यक्रम घोषणा गरेको थियो । तर अहिलेसम्म सम्भाव्यता अध्ययन गर्ने काम मात्रै भएको मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ वागवानी अधिकृत खगेन्द्र शर्माले बताए ।
मन्त्रालयले दार्चुला, डोटी, डडेल्धुरा र बैतडीको एक÷एक स्थानमा कफी खेती विस्तारका लागि अध्ययन गर्न आर्थिक वर्ष २०७५÷०७६ मा पांच लाख रुपैया छुट्याएको थियो । त्यसैगरी, पहाडी सात जिल्लाका ३५ हेक्टर जमीनमा कफी खेती प्रबद्र्धन एवं क्षेत्र विस्तार कार्यक्रमका लागि २६ लाख ९५ हजार रुपैया र कफी खेती नर्सरी स्थापनाका लागि १४ लाख रुपैया छुट्याएको थियो ।
सम्भाव्यता अध्ययन ढिलो भएकाले कार्यक्रम सञ्चालन नभएको प्रवक्ता शर्माले बताए । उनले विरुवा नपाइने र भौतिक संरचना नभएको लगायतका कारण सो नर्सरी समेत स्थानपना गर्न नसकिएको बताए । उनले कफी अन्य वाली जस्तै बजारमा पठाउन सहज नभएको र लगाउनु भन्दा पहिले नै प्रशोधन गर्ने उद्योगसंग समझदारी गर्नुपर्ने भएकाले पनि अघिल्लो वर्ष कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए ।
मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशको कृषि विकास निर्देशनालय अन्तरगत डोटीको दिपालयसिलगढी नगरपालिका र कैलालीको चुरे र मोहन्याल गाउपालिकामा कफी खेती विस्तार गर्न ४५ लाख रुपैया बजेट विनियोजन गरेको छ । त्यस्तै, कफी खेती गर्न चाहने किसानलाई ६ दिने तालीम दिनका लागि कृषि व्यवस्था प्रबद्र्धन सहयोग तथा तालीम केन्द्र अन्तरगत पाच लाख रुपैयाँ विनियोजन गरेको छ ।
कफी खेती विस्तारको यस वर्ष केही न केही काम हुने विश्वास रहेको मन्त्रालयका प्रवक्ता शर्माले बताए । उनले तालीम पाएपछि किसानहरु कफी खेतीका लागि अग्रसर हुनेमा मन्त्रालय विश्वस्त रहेको बताए । उनले कफी खेती अत्यन्त नाफादायी नगदे बाली रहेको र यसको माग स्वदेश र विदेशमा प्रसस्त रहेको हुनाले यसमा किसानहरु आकर्षित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार