१२ श्रावण २०८१, शनिबार

बालबाटिका क्रिकेट लिग शुरु



धनगढी । कैलालीको बर्दगोरियामा बालबाटिका क्रिकेट लिग आइतबारदेखि प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया गाउ“पालिका वडा नम्बर २ स्थित नव बालबाटिका बिद्या मन्दिरको आयोजनामा क्रिकेट लिग शुरु भएको छ ।
क्रिकेट प्रतियोगितामा कैलाली र कञ्चनपुरका १६ वटा विद्यालयको सहभागी रहेको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले आइतबार एक संक्षिप्त समारोहबीच उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीलाई सम्मान गरियो ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार तथा उपविजेताले ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने खेल संयोजक प्रमोद मल्लले जानकारी दिए ।
त्यस्तै, म्यान अफ द सिरिजले १० हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले पा“च÷पा“च हजार र सर्वाधीक छक्का प्रहार गर्ने खेलाडीले दुई हजार पा“च सय पुरस्कार प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएको छ । नव बालबाटिकाले युनाइटेड एकेडेमी, टीकापुरलाई छ विकेटले पराजित ग¥यो ।
टस जितेर पहिले व्याटिङ गरेको युनाइटेड एकेडेमीले निर्धारित १५ ओभरमा नौ बिकेट क्षतीमा ७५ रन बनाएको थियो ।
७६ रनको विजयी लक्ष्य सहित ब्याटिङ गरेका नव बालबाटिकाले १४ दशमलव तीन ओभरमा चार बिकेट गुमाएर लक्ष्य पूरा ग¥यो । नव बालबाटिकाका मानव बिष्टले २८ बलमा पा“च चौका हिर्काउदै ३५ रन बनाए । उनी म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार