६ जेष्ठ २०८१, आईतवार

धनगढी विमानस्थलको आम्दानी बृद्धि



शेरबहादुर ऐर/धनगढी । २०७३ सालअघि धनगढी–काठमाडौं–धनगढी रुटमा दैनिक दुई वटा एयरलाइन्सले हवाई उडान गर्थे । धनगढी विमानस्थलबाट साताको तीन दिन नेपाल एयरलाईन्स र बुद्ध एयरले दैनिक उडान भरिरहेका थिए ।


२०७४ साल साउन २७ गतेदेखि श्री एयरलाईन्सले काठमाडौं–धनगढी–काठमाडौं हवाई उडान शुरु गर्‍यो भने भदौ १६ गतेदेखि सौर्य एयरलाईन्सले ५० सिट क्षमताको विमानबाट उडान शुरु गरेको थियो ।
यससंगै धनगढीबाट काठमाडौंका लागि नीजि कम्पनीका तीन विमानले नियमित रुपमा उडान भर्न थालेपछि हवाई यात्रा गनेहर्रूको संख्यामा बृद्धि भएको धनगढी विमानस्थलले जनाएको छ ।
धनगढी विमानस्थलको आर्थिक वर्ष २०७३÷०७४ सम्म आम्दानीभन्दा बढी खर्च हुने गरेकोे तथ्यांक रहेको छ । धनगढी विमानस्थलमा आर्थिक वर्ष ०७४÷७५ देखि हप्ताको तीन दिन पा“च र चार दिन चार वटा उडान हु“दै आएको छ ।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाले भने– जति हवाई उडान बढ्छ । त्यत्ति नै विमानस्थलको आम्दानी पनि बढ्छ । धनगढी विमानस्थलले सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्ध, लगायतका कम्तीमा पनि दुई दर्जन सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत संकलन गर्ने गरेको छ । उनले दुई वर्षयता धनगढी विमानस्थलको आम्दानीमा सुधार भइरहेको बताए ।
धनगढी विमानस्थलको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा एक करोड २१ लाख ११ हजार रुपैया“ आम्दानी गरेकोमा दुई करोड २५ लाख पा“च हजार रुपैया“ खर्च भएको थियो ।
आर्थिक वर्ष ०७४÷७५ मा धनगढीमा उडान सेवा थपिएसंगै विमानस्थलको आम्दानी दुई करोड २९ लाख ८५ हजार रुपैया“ भएको थियो भने खर्च एक करोड ८५ लाख पा“च हजार रुपैया“ भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष ०७५÷७६ मा धनगढी विमानस्थलले दुई करोड ७६ लाख ९० हजार पाँच सय रुपैयाँ आम्दानी गरेको थियो भने दुई करोड १५ लाख ४८ हजार तीन सय रुपैया“ खर्च गरेको थियो ।
धनगढी विमानस्थलले प्रतियात्रु सेवा शूल्क दुई सय रुपैयाँ, तोकेको समयभन्दा पछि प्रदान गरिएको सेवावापत प्रति विमान तीन हजार रुपैया“ शूल्क लि“दै आएको छ । त्यस्तै, विमान अवतरण, पार्किङ लगायत अन्य सेवाबाट पनि विमानस्थलले शूल्क लिंदै आएको छ ।
‘बिमानस्थलबाट दैनिक छ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेका छन्’ धनगढी विमानस्थलका प्रमुख बुडथापाले भने– दुई वर्षअघि दुई विमानले मात्र उडान भर्ने हु“दा यात्रुहरूले काठमाडौं जानका लागि सडक यात्रा अथवा नेपालगञ्ज विमानस्थलबाट हवाई यात्रा गर्नुपर्ने अवस्था रहेको थियो ।
उनले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने २१ कठ्ठा जमीन अधिग्रहण गरेर विमानस्थलको नाममा नामसारी गरिसकेको बताए । ‘अब धनगढी विमानस्थलको नाममा ७० विघा जमीन आएको छ’ उनले भने ।
विमानस्थल प्रमुख बुढथापाका अनुसार कुल एक हजार आठ सय मिटर रनवे स्तरोन्नती गर्नुपर्नेमा चार सय ८० मिटर अझै बा“की रहेको छ । उनले विमानस्थलको रनवे स्तरोन्नतीका लागि १८ करोड रुपैयामा ठेक्का सम्झौता गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, अछामको सा“फेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा रहेका छन् । तर, यस प्रदेशको नाफामा रहेको विमानस्थल धनगढी विमानीथल मात्रै हो ।
धनगढी विमानस्थलका प्रमुख वुडथापाले भने– प्रदेशका अन्य जिल्लामा पनि उडान भर्न सके यस प्रदेशका स्थानीयहरूलाई अझ सहज हुने थियो ।
सुदूरपश्चिम प्रदेशको सात जिल्लामा एक÷एक विमानस्थल र कैलालीमा धनगढी र टीकापुर तथा अछाममा सा“फेबगर र कमलबजार विमानस्थल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार