१२ श्रावण २०८१, शनिबार

साथीभाई क्लवले जित्यो बडिमालिका कप



बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका, पैयामा भएको दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप भलिबल प्रतियोगिता अछामको मार्कुस्थित साथीभाई क्लवले जितेको छ ।


जीतसंगै साथीभाई क्लवले ५१ हजार एक सय रुपैया पुरस्कार प्राप्त गरेको छ । शनिबार भएको फाइनल खेलमा साथीभाई क्लवले बाजुराको वुढीगंगा नगरपालिकालाई २५–१२, २५–२३ र २८–२७ को सोझो सेटले हरायो ।  उपविजेता वुढीगंगगा नगरपालिकाले २५ हजार एक सय रुपैया प्राप्त गर्‍यो ।

प्रतियोगिताको उतकृष्ट खेलाडी गणेश स्मृति अछामका खेलाडी विन्दुराज खत्री बने । प्रतियोगिता सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको थियो ।
आफ्ना स्वर्गीय बुबा पदम खत्रीको स्मृतिमा दुई वर्षअघिदेखिे प्रतियोगिता शुरु गरेको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले बताए ।
प्रतियोगिता समापनका अवसरमा त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावल, उपप्रमुख राधिका सुनार, नेपाली काग्रेंसका महाअधिवेशन प्रतिनिधि पदम शाही लगायतले विजेता टिम तथा खेलाडीलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार