११ श्रावण २०८१, शुक्रबार

खेलाडीलाई टिसर्ट वितरण



धनगढी । मनेहरा सामुदायिक वन उपभोक्ता समुहले आगामी साफ गेमको बन्द प्रशिक्षणका लागि छनोट भएका उसु खेलाडीहरूलाई टिसर्ट वितरण गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ गेम) को प्रशिक्षणका लागि छनोट भएका धनगढीका उसु खेलाडीहरूलाई वन उपभोक्ता समुहले शनिबार टिसर्ट वितरण ग¥यो ।
सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले एक संक्षिप्त कार्यक्रममा बन्द प्रशिक्षणका उसुका खेलाडीहरूलाई टिसर्ट हस्तान्तरण गरेका थिए ।
पोखरा र काठमाडौंमा आयोजना हुने १३ औ साफका लागि सुदूरपश्चिम प्रदेशबाट छनौटमा परेका सुवास सेठ्ठी, विभागीय टीमका पाँच, उसु खेलाडी अलिसा खाती र एक जना प्रशिक्षकसहित आठ जनालाई टिसर्ट वितरण गरियो ।
कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष धुर्वबहादुर रोकाया, कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष राजिव गुप्ता, उसु प्रशिक्षक रतनबहादुर खाती तथा उसु खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार