१२ श्रावण २०८१, शनिबार

आजदेखि घोडाघोडी कप



सुखड । कैलालीको घोडाघोडीमा आज (शनिबार) देखि प्रथम आमन्त्रित घोडाघोडी कप फुटवल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगितामा ए श्रेणीका क्लव तथा विभागीय टिम समेत १२ टीमको सहभागिता रहने जनाइएको छ ।
आयोजक क्लवका अध्यक्ष अर्जुन भट्टले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको बताए ।
उनका अनुसार प्रतियोगिताको बिजेताले दुई लाख तथा उपबिजेताले एक लाख रुपैया“ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनमा ३० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार