२ जेष्ठ २०८१, बुधबार

नयाँ नोटका लागि लाइन



धनगढी । अहिले कैलालीको राष्ट्र बैंकमा नया“ नोट साटनेको भीड लागिरहेको छ । कैलालीको दुई ठाउँबाट नयाँ नोट लिन मिल्ने भएपछि नेपाल राष्ट्र बैंक धनगढीमा भीड लागिरहेको हो ।
कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ६ बनबेहडाका स्थानीय गणेश बोगटी नयाँ नोट सटहीका लागि बुधबार विहान धनगढी आए । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढी पुगेका बोगटी विहान ८ बजेदेखि नै लाईन बसेका थिए । कैलालीको दुई स्थान धनगढी र टीकापुरबाट नोट सटही गर्न पाईने भएपनि जिल्लावासीले सास्ती व्यर्होनु परेको उनले बताए । वोगटी जस्तै अन्य सुदूरपश्चिमका विभिन्न स्थानबाट पनि नोट सटही गर्न धनगढी पुगेकाहरु विहानै लाईन लागेका थिए ।
अहिले नेपाल राष्ट्र बैंक धनगढी सहित सुदूरपश्चिमका १० स्थानबाट नयाँ नोट सटही भईरहेको भएपनि सहज हुन नसकेको डोटीको बडीकेदार गाउँपालिका स्थानीय गजैसिंह खड्काले बताए । विगतका वर्षहरुमा अन्य बैंकहरुले पनि नयाँ नोट सहटी गर्ने गरेका कारण केही सहज हुने गरेको भएपनि यस वर्ष भने निकै सास्ती व्यहोर्नु परेको गुनासो गरिएको छ ।
सुदूरपश्चिमका प्रायः सबै स्थानीय तहमा बैंक स्थापना भएपनि नोट सटहीको व्यवस्था नह“ुदा समस्या भएको गुनासो कैलालीको चुरेका स्थानीय नारायण योगीको छ । कैलालीको धनगढी सहित टीकापुर, दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुरमा रहेका राष्ट्र बैंकका नोट कोषबाट सटही भईरहेको छ । राष्ट्र बैंक धनगढीबाट चार दिनमा ५ करोड सहटी भएको छ । अन्य ९ वटा राष्ट्र बैंकका नोट कोषका लागि २२ करोड पठाईएको राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले बताए ।
दशैं, तिहार, छठ पर्व नकिजिएस“गै नया“ नोटको माग पनि ह्वात्तै बढेको छ । दशैंतिहारमा नया“ नोटको बढी प्रयोग हुने भएकाले नेपाल राष्ट्र बैंकले नोटको जतन गर्न आग्रह गरेको छ । दशैंतिहार, छठसहितका चाडबाडमा पूजाआजा र टीका लगाउने गर्दा नोटमा अबिर, अक्षता, चन्दन, पानी छ्याप्ने प्रचलनले गर्दा चा“डै बिग्रिने गर्ने हुनाले जतन गर्न राष्ट्रबैंकले अनुरोध गरेको छ ।
‘एउटा नोट छाप्नका लागि दुईदेखि चार रुपैया“सम्म लागत लाग्ने गर्छ । हरेक वर्ष दशैंतिहार आउनुअघि अर्बौका नया“ नोट सटही गर्नुपर्दा राज्यले ठूलै व्ययभार बेहोर्नुपरेको हुन्छ” नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक निश्चल अधिकारीले
भने– “तर, आम नागरिकले नया“ नोटको जतन गर्न खासै ध्यान दिएको पाइदैन ।” निर्देशक पण्डितका अनुसार आम नागरिकले नोटको उचित जतन नगरेका कारण नेपाली नोटको आयु औसतमा डेढ वर्षको मात्रै हुने गरेको छ । पुराना, झुत्रा नोटलाई राष्ट्रबैंकले नष्ट गर्ने गरेको छ ।
निर्देशक अधिकारीले नोटको उचित संरक्षणको अभावका कारण हरेक वर्ष राज्यले ठूलो व्ययभार बेहोर्नु परिरहेको छ । उनले भने– “नोट निष्कासन गरेर राष्ट्र बैंकले व्यापार गर्ने गरे पनि बर्सेनि ठूलो परिमाणमा पुराना तथा झुत्रा नोट नष्ट गर्नुपर्दा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको छ ।
नेपाल राष्ट्र बैंकले नोट राख्दा ‘मनी ब्याग’ वा ‘पर्स’ को प्रयोग गर्ने बानी बसाउन, नोटमा जथाभावी केरमेट नगर्न, नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउन, नोटलाई कच्याककुच्चुक नपार्न तथा पोको नपार्न, जमिनमा गाड्ने काम नगर्न तथा नोटको हिफाजत गर्न आफूले जान्ने र अरूलाई पनि बुझाउन आग्रह गरेको छ ।
त्यस्तै, पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलो हातले सकेसम्म नोट नछुने, आफूलाई आवश्यक पर्नेभन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाउने, बैंकमा चेक तथा एटिएम कार्डहरू प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसाउने, कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्ने लगायतको आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार