१२ श्रावण २०८१, शनिबार

डीपीएल–४ फागुनमा



धनगढी । धनगढी प्रिमियम लिग (डीपीएल) क्रिकेट आगामी फागुन ३ गतेदेखि शुरु हुने भएको छ ।


डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) द्वारा बिहीबार जारी एक प्रेस विज्ञप्तीमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करण फागुन १५ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ ।
नेपालका छ शहरका छ वटा फ्रेन्चाइज टिमको सहभागिता रह“ंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो ।
डीपीएल नेपालको सर्वाधिक धनराशी पुरस्कार भएको क्रिकेट प्रतियोगिता हो । डीपीएलको गत संस्करण (तेस्रो) को विजेता सिवाइसीले ३० लाख रुपैया“ पुरस्कार प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार