२५ मंसिर २०८१, मंगलवार

कैलाली–कञ्चनपुर हुलाकी सडकखण्ड : छ वटा पुल निर्माण प्रक्रिया अझैं अघि बढेन



शेरबहादुर ऐर/धनगढी । कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक खण्डमा पर्ने पुल निर्माण प्रक्रिया अझैं अघि बढेको छैन ।


हुलाकी सडक अन्तर्गत कैलालीका दुई र कञ्चनपुरमा पर्ने चार सहित छ वटा पुलको निर्माणका लागि बोलपत्र आह्वान, ठेक्कापट्टा लगायतका प्रक्रिया अझैं अघि बढ्न नसकेको हुलाकी सडक डिभिजन कार्यालय, धनगढीले जनाएको छ ।
भारत सरकारले कैलालीको निर्माणाधीन हुलाकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरिसकेपछि अहिले कैलालीमा दुई र कञ्चनपुरमा तीन चरणमा काम भइरहेको छ । कैलालीको बसन्तादेखि कान्द्रा, बाईपास रोड र कञ्चनपुरको डोकेबजारदेखि बेलौरी, बेलौरीदेखि बेल्डा“डी र बेल्डा“डीदेखि दैजीसम्मको ठेक्का सम्झौता भई काम अघि बढेको छ ।
हुलाकी सडक डिभिजन कार्यालयका ईन्जिनियर मोहनचन्द्र हमालले भने– कैलाली र कञ्चनपुरमा हुलाकी सडक निर्माण काम भइरहेको छ, तर पुलहरू निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छैन । इन्जिनियर हमालका अनुसार छ वटा पुलको संघिय सरकारमातहतको सडक डिभिजन कार्यालयले ठेक्का गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै सुरसार भएको छैन ।
हुलाकी सडक डिभिजन कार्यालयका अनुसार बसन्ता–कान्द्रा सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआए) तयार भएर वन विभागमा पठाइएको छ । मन्त्रीपरिषदले सो सडकमा पर्ने रुखहरू कटानका लागि स्वीकृति समेत दिइसकेको छ । ‘मन्त्रीपरिषद्ले हुलाकी सडकमा पर्ने रुखहरू कटानका लागि स्वीकृति दिइसकेको छ । हामीले ईआएए तयार गरि वन विभागमा पठाएका छौं’ ईन्जिनियर हमालले भने– सो सडकखण्डमा चार सय वटा रुख कटान गर्नुपर्ने हुलाकी सडकले विवरण तयार गरेको थियो । तर, इआएए रिपोर्टमा भने करिब दुई सय वटा रुख मात्र कटान गर्नुपर्ने उल्लेख छ ।
१८ किलोमिटर लामो सो सडक निर्माणका लागि टुडीपुडा–चन्द्रा–बसन्ता जेभीसंग ३१ करोड ५७ लाख रुपैयामा ठेक्का सम्झौता भएको जनाइएको छ । सो सडकको हालसम्म ५५ प्रतिशत काम पुरा भइसकेको हुलाकी सडक डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै, कैलालीको साढे छ किलोमिटर लामो बाइपास सडक निर्माणका लागि २३ करोड ११ लाख रुपैया“मा रमण केएस जेभीले ठेक्का पाएको छ । सो सडकको काम ४५ प्रतिशत पुरा भइसकेको जनाइएको छ । सो सडकमा पर्ने दुई वटा पुल निर्माणका लागि भने हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन ।
कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर सडकको निर्माण कार्य ४५ प्रतिशत पुरा भइसकेको जनाइएको छ । सो सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभीले ३६ करोड ४७ लाख रुपैयामा ठेक्क सम्झौता गरेको छ । भने बेल्डा“डीदेखि दैजीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि ३८ करोड ५७ लाख रुपैयामा सम्झौता गरिएको छ । सो सडकको पनि ४५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको जनाइएको छ ।
त्यस्तै, कञ्चनपुरको बेलौरीदेखि बेल्डा“डीसम्मको २० किलोमिटर सडकको ५० प्रतिशत निर्माण कार्य पनि पुरा भइसकेको जनाइएको छ । सो सडक निर्माणका लागि ४१ करोड ७६ लाख रुपैया“मा ठेक्का सम्झौता भएको छ । हुलाकी सडक डिभिजन कार्यालयका अनुसार यी सडकको चौडाई सात मिटर निर्धारण गरिएको छ ।
हुलाकी सडक डिभिजन कार्यालयका इन्जिनियर हमालले भने– यी सबै योजनाहरू चालू आर्थिक वर्ष २०७६÷०७७ भित्र पुरा गर्ने गरी ठेक्का सम्झौता भएका छन् ।

मर्मतको काम अघि बढेन

हुलाकी सडक अन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक मर्मत कार्य पनि अझैं अघि बढ्न सकेको छैन । हुलाकी सडक डिभिजन कार्यालय धनगढीले सो सडकको मर्मतका लागि बोलपत्र आह्वान गरि योजनाको सम्झौता गरिसकेको भए पनि निर्माण कम्पनीले काम अघि नबढाएको जनाएको छ ।
हुलाकी सडक डिभिजन कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैया बजेट विनियोजन गरिएको जनाएको छ । बोलपत्र आह्वान गर्दा गत २३ गते २४ लाख ५८ हजार चार सय रुपैया“मा ठेक्का स्वीकृत गरिएको छ । सो कार्यको ठेक्का कौशिक निर्माण सेवा अछामले पाएको छ ।
‘निर्माण कम्पनीले योजनाको सम्झौता गरेको दिनदेखि नै काम अघि बढाउनुपर्ने हो’ कार्यालयका इन्जिनियर हमालले भने– तर, १५ दिनसम्म ठेकेदारले काम नगरी बस्यो । उनका अनुसार सो योजना असोज १५ गतेभित्र पुरा गर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।
सो योजनाको दुई चरणमा ठेक्का गरिएको छ । क्याम्पसरोड देखि फूलबारीसम्मको १५ किलोमिटर सडक मर्मतका लागि १२ लाख ६२ हजार नौ सय तथा फूलबारीदेखि कटैनीसम्मको सडक मर्मतका लागि ११ लाख ९५ हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।
निर्माण कम्पनीले भने ढुङ्गा, बालुवा, गिट्टीको अभाव रहेको भन्दै काम अघि बढाउन नसकेको जनाएको छ । ‘१५ दिन कम्पनीले विभिन्न बहाना देखाउ“दै काम अघि बढाएन । अब समयमै काम नसके कार्यालय कानुनी प्रक्रिया अनुसार अघि बढ्छ’ ईन्जिनियर हमालले भने ।
धनगढीदेखि कैलारीको कटैनीसम्मको हुलाकी सडकका दर्जनौ ठाउ“मा सडकको पिच उप्किएको छ । केही कल्भर्टमा चिरा परेका छन् । कतिपय कल्भर्टमा चिरा परेर ढलानको सरिया (फलामे छड) बाहिर निस्केको छ । कल्भर्टबाट निस्केका सरियाका कारण दैनिक सवारी दुर्घटना हुने गरेका छन् । पछिल्लो डेढ वर्षको अवधीमा फुटेका कल्भर्टका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भइसकेको स्थानीयले बताएका छन् । कल्भर्ट फुटेपछि निस्कने सरीयाले सो क्षेत्रमा दैनिक दुर्घटना हुने गरेको स्थानीय रुपमा तामाङले बताइन् ।
धनगढी फूलबारी सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई झनै सास्ती हुने गरेको धनगढी वडा नम्बर १५ का कलह चौधरीले बताए । उनले भने– धनगढीबाट फूलबारी, हसुलियातर्फ आउने यात्रुले सडकका कारण निक्कै कष्ट भएको दुखेसो गर्ने गरेका छन्, उनीहरूले प्रयोग गरेका यातायातका साधन बिग्रिने र टायर पड्किने हु“दा यात्रुले झनै कष्ट भोग्ने गरेका छन् ।
सो सडक मर्मत कार्यको ठेक्का पाएको निर्माण कम्पनीका सुमन थापाले तीन÷चार दिनमै मर्मत काम अघि बढ्ने बताए । ‘हामीले भारतबाट कामदार मगाएका छौं । उनीहरू तीन दिनभित्र आइपुग्छन र हामी आवश्यक सामग्री झारेर काम अघि बढाउ“छौं’ उनले भने– काम शुरु गरेको १५ देखि २० दिनमै कार्य पुरा गर्ने लक्ष्य लिएका छौं ।

सडकको चौडाई बढाउन पहल भएन

धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाई जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ ।
अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाई सात मिटर रहेको छ । सून्य प्वाईन्ट (क्याम्पस रोड) देखि कटैनीसम्मको सडकको चौडाई बढाउने बारे भने अहिलेसम्म केही पहल हुन सकेको देखिदैन ।
‘केही दिन अघि प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको नेतृत्वमा एउटा टोलीले सो सडकको डिपिआर तयार गरेको थियो’ हुलाकी सडक आयोजनाका इन्जिनियर मोहनचन्द्र हमालले भने– तर, यो सडकको चौडाई बढाउने बारे कुनै टुङ्गो लागेको छैन । उनले सो सडक एक लेनको भएकाले दुई लेन बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार