४ जेष्ठ २०८१, शुक्रबार

प्राविधिक शिक्षा र सीपको नक्सांकन गरिंदै



धनगढी । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सीपको नक्सांकन गर्न थालेको छ ।

प्रदेशको धनगढी उपमहानगरपालिका, जयपृथ्वी नगरपालिका, अमरगढी नगरपालिका र लालझाडी गाउ“पालिकामा रहेका प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सीप प्रदायक संस्थाहरूको जिआईएस नक्सा तयार गर्न लागेको जनाइएको छ ।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहिसचिव जयप्रकाश आचार्यले यी स्थानीय तहमा रहेका प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सीप प्रदायक संस्थाहरू र रोजगारदाता प्रतिष्ठानहरूको विस्तृत विवरण सहितको नक्सा तयार गरिने बताए । मन्त्रालयले युवा उद्यमी तथा नेपाल माइण्ड फ्याक्ट्रीलाई कन्सल्टेन्ट नियुक्त गरी नक्सांकनको काम शुरु गरेको छ ।
मन्त्रालयले सोमबार धनगढीमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश मन्त्रालयका प्रतिनिधि लगायतका सरोकारवालाहरूसंग सो विषयमा छलफल गरेको छ । छलफलको क्रममा माइण्ड फ्याक्ट्रीका प्राध्यापक डाक्टर प्रमोदबहादुर श्रेष्ठले नक्सांकनका लागि दुई जना प्राविधिक सुदूरपश्चिम प्रदेशमा खटाइने बताए ।
उनले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सीप सम्बन्धी सूचना संकलनका लागि स्थानीय गणक नियुक्त गरिने बताए । उनले सो सम्बन्धी तथ्यांकहरू ट्यावलेटबाट संकनल गरिने बताए ।
नक्सांकनमा कृषि, शिक्षा, निर्माण तथा रियलस्टेट, थोक तथा खुद्रा व्यवापार र उद्योग क्षेत्रका सूचनाहरू नक्सांकनमा समेटिने मन्त्रालयले जनाइएको छ ।
केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७५÷०७६ मा गरेको आर्थिक सर्वेक्षण अनुसार सुदूरपश्चिम प्रदेशमा दर्ता भएका र नभएका गरी ६२ हजार नौ सय ६८ वटा आर्थिक प्रतिष्ठानहरू छन् । ती प्रतिष्ठानमा एक लाख ८५ हजार दुई जना (एक लाख २५ हजार ३२ जना पुरुष र ६० हजार एक सय ६८ जना महिला) कार्यरत छन् । सुदूरपश्चिममा कम्तिमा एक जनालाई रोजगार दिने ११ हजार छ सय ७२ वटा प्रतिष्ठान रहेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
यही तथ्यांकको आधारमा मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहलाई नमुना नक्सांनका लागि छनौट गरेको मन्त्रालयका सहसचिव आचार्यले बताए । तथ्यांक अनुसार कम्तिमा एक रोजगार रहेका धनगढीमा चार सय १२, अमगरगढीमा दुई १४, जयपृथ्वीमा एक सय ४५ र लालझाडीमा ५० वटा प्रतिष्ठान छन् । सहसचिव आचार्यले यि चार स्थानीय तहका आठ सय २१ प्रतिष्ठान सहित कृषि, शिक्षा, निर्माण तथा रियलस्टेट, थोक तथा खुद्रा व्यवापार र उद्योग क्षेत्रका तथ्यांकहरू जिआइएस नक्सामा प्रस्तुत गरिने बताए ।
यो नक्सामा वडा, स्थानीय तह र प्रदेशस्तरको तथ्यांक विश्लेषण गरिने प्रा.डा. श्रेष्ठले बताए । उनले नक्सामा राखिएका तथ्यांकले वडा, स्थानीय, प्रदेश र संघीय तहका नीनि निर्मातालाई नीति निर्माणमा सहयोग पु¥याउने बताए । व्यसायिक शिक्षालाई सीपसंग र सीपलाई रोजगारसंग नजोडिएसम्म आर्थिक विकास सम्भव नरहेको बताउँदै प्रा.डा. श्रेष्ठले बढ्दो बेरोजगारीलाई कम गर्ने नीतिलाई नक्साले सहयोग गर्ने बताए ।
मन्त्रालयका सहसचिव आचार्यले यसअघि गरिएका कुनै पनि नक्सांकन सफल नभएको बताउ“दै जिआईएस नक्सा प्रयोगशील हुनुका साथै यसलाई निरन्तर अपडेट गर्ने जनशक्ति पनि उत्पादन गर्नुपर्ने बताए । उनले नक्साको जानकारी प्रयोग गरेर सरकारले नीति र कार्यक्रम बनाउने भएको हुनाले जानकारी समेत आधिकारिक राख्न सुझाव दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जिम्मेवारी पुरा गर्न नसक्दा विभिन्न आयोजनाहरू अलपत्र परेको बताए । मन्त्री सुवेदीले सबै क्षेत्रलाई समेट्ने गरी प्राविधिक शिक्षा दिन आवश्यक रहेको बताए । उनले शहरबाट टाढाका नागरिकहरूलाई प्राथमिकतामा राखेर प्राविधिक शिक्षा र तालीमहरू सञ्चालन गर्नुपर्ने बताए ।
प्राध्यापक डाक्टर हेमराज पन्तले सुदूरपश्चिम प्रदेशमा रहेका ९६ वटै कलेजमा विएड पढाई हुने गरेको चर्चा गरे । उनले विएड मात्रै पढाएर रोजगार पाउनेमा प्रश्न उठाए । भने– सबै क्षेत्रको विकास गर्न प्राविधिक शिक्षा र तालीम आवश्यक छ । बैदेशिक रोजगारमा जानका लागि पनि प्राविधिक शिक्षा र सीप आवश्यक छ ।
प्राध्यापक डाक्टर पन्तले सुदूरपश्चिम प्रदेशमा काम गर्नेलाई अपहेलना गर्ने सामाजिक कुसंस्कारले गर्दा श्रमको सम्मान हुन नसकेको बताए । भने– समाजको गलत सोचलाई परिवर्तन गरी जुत्ता सिलाउने वा घर बनाउनेलाई सम्मान गर्ने वातावरण बनाउन्ु जरुरी छ ।
सामाजिक विकास मन्त्रालयका सचिव तेजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य सुशीला बुढाथोकी, सिटिइभिटिका दिपक पौडेल, डाक्टर ध्रुव केसी, डाक्टर मुकुन्दमणी खनाल, जनप्रतिनिधि तथा विभिन्न सरकारी निकाय प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार