१० श्रावण २०८१, बिहीबार

पूर्वाधार सम्मेलनकाे शाेकेसमा सुदूरपश्चिमका २८ अर्ब बढिकाे नौ आयोजना



धनगढी । नेपाल उद्योग परिसंघले बुधबारदेखि काठमाडौंमा आयोजना गरेका पूर्वाधार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौ आयोजनाहरु सामेल गरिएका छन् ।


सुदूरपश्चिम प्रदेशका पहिचान भएका तीन वटा र अध्ययन भएका छ वटा आयोजना शोकेसमा राखेको हो । परिसंघका अनुसार सुदुरपश्चिम प्रदेशमा १० अर्बको सोलार ऊर्जा परियोजना दिपायल सिलगढी, एक अर्बको सीप फार्मिङ एड ऊल उद्योग, पाँच अर्बको रामरोशन एकीकृत पर्यटन अछाम, पाँच अर्बको बडीमालिका केबलकार बाजुरा, एकदेखि छ अर्बसम्मको सिमेन्ट उद्योग कैलाली र एक अर्बको हर्बल उत्पादन, संकलन तथा प्रशोधन परियोजना शोकेस गरिएको छ ।
परिसंघले सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सबै भन्दा कम आयोजनाहरु शोकेस गरेको हो । सुदूरपश्चिम प्रदेशको २३ देखि २८ अर्बका आयोजना मात्रै सोकेश गरिएको छ । परिसंघले शोकेश गरिएका आयोजनाहरुमा लगानी जुटाउन सम्मेलन आयोजना गरेको जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका प्रारम्भिक पहिचान भएका ८२ सहित एक सय १५ परियोजना शोकेस गरिएको छ । सम्मेलनका क्रममा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, प्राविधिक शिक्षा, जलविद्युत, कृषिलगायतका आयोजना सम्मेलनमा शोकेसमा छ ।
प्रदेशका परियोजनाहरूमा समेत निजी क्षेत्रको लगानी आकर्षणका लागि साझा थलोका रूपमा लिइएको सम्मेलनमा स्वदेशी तथा विदेशी गरी पाच सयभन्दा बढी लगानीकर्ताहरु सहभागी भएका छन् । सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी रहेको सम्मेलनका क्रममा पूर्वाधार क्षेत्रलाई केन्द्रित गरेर विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिदै छन् ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वदेशी तथा बिदेशी लगानीकर्ताका लागि सुदूरपश्चिम प्रदेश उपयुक्त रहेको बताएका छन् । उनले लगानीकर्ताकाहरुलाई निर्भिक रुपमा सुदूपश्चिममा लगानी गर्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशमा सम्भावना राम्रो भएपनी अहिलेसम्म बिदेशी लगानी भित्रिन नसकेको बताउँदै मुख्यमन्त्री भट्टले कृषि उद्याृग, जलविद्युत, पर्यटन, जडिबुटी उद्योगमा लगानी गर्न अनुरोध गरे । उनले जनशक्ति र कृषिको राम्रो सम्भाबना भएकाले सुदूरपश्चिममा लगानी गर्न सहज र नाफादायी हुने बताए ।
उनले स्वदेशी तथा बिदेशीको ठुला लगानी सुदूरपश्चिममा अहिलेसम्म नभएकाले पनि सुदूरपश्चिम उपयुक्त रहेको बताए । स्वदेशी तथा बिदेशी लगानीकर्तालाई सुदूरपश्चिम प्रदेशमा लगानी गर्ने बातावरण बनाउनका प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री भट्टले विगतमा सिंहदरवारबाट बिकट भएको सुदूरपश्चिम अब संघीयतापछि प्रदेश सरकार लगानी भित्र्याउने वाताबरण सृजना गर्ने बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ता र लगानीको सुरक्षा व्यवस्था समेत गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार