३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा घरेलु तथा साना उद्योगको संख्यामा बृद्धि



धनगढी । दश वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा धरासायी बनेको सुदूरपश्चिम प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको अवस्थामा सुधार आउन थालेको छ । पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा घरेलु तथा साना उद्योगको संख्यामा पनि क्रमिक रुपमा बृद्धि भइरहेको तथ्यांकले देखाएको छ ।


माओवादी द्वन्द्व शुरु हुनुपुर्व सुदूरपश्चिम प्रदेशमा नौ हजार नौ सय ७३ वटा लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेकोमा दश वर्षको अवधिमा अधिकांस उद्योग बन्द भई २०६२÷०६३ सम्म नौ सय ३१ वटा उद्योग मात्र सञ्चालनमा रहेका थिए ।
संविधान सभाको पहिलो निर्वाचन २०६४ पछि आर्थिक वर्ष २०६५÷०६६ मा सुदूरपश्चिममा घरेलु तथा साना उद्योगको संख्यामा बृद्धि भई दुई हजार तीन सय ७२ पुगेकोमा आर्थिक वर्ष २०७६÷०६७ मा पुनः ओरालो लाग्दै सात सय ७९ वटा मात्रै सञ्चालनमा रहेका थिए ।
मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा लघु, घरेलु तथा साना उद्योग महासंघले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा सुदूरपश्चिम प्रदेशमा यस्ता उद्योगको संख्या पुनः बढेर एक हजार पा“च सय २२ पुगेको थियो ।
महासंघका अनुसार त्यसपछिका दिनमा सुदूरपश्चिम प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको संख्यामा निरन्तर बृद्धि भइरहेको छ । यो प्रदेशमा आर्थिक वर्ष २०७२÷०७३ मा घरेलु तथा साना उद्योगको संख्या तीन हजार पा“च सय ८५ पुगेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ मा यी उद्योगको संख्या तीन हजार आठ सय १२ पुगेको छ ।
महासंघको सुदूरपश्चिम प्रदेश समिति र महिला उद्यमी समितिले मंगलबार धनगढीमा आयोजना गरेको “लघु, घरेलु तथा साना उद्योग ः अवस्था, अवसर र चुनौती’ विषयक गोष्ठीमा प्रस्तुत गरिएको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चार हजार बढी उत्पादनमुलक उद्योगहरू दर्ता भएका छन् । त्यस्तै, कृषि तथा वनजन्य उद्योग चार हजार, पर्यटन सम्बन्धी एक हजार तथा सात हजार बढी सेवामुलक उद्योग दर्ता भएका छन ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीका अनुसार सुदूरपश्चिम प्रदेशमा उर्जा तथा सूचनामुलक र निर्माण सम्बन्धी उद्योगको संख्या भने नगण्य रहेको छ । त्यस्तै, दर्ता भएको अनुपातमा निकै कम उद्योग मात्र सञ्चालनमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका विनोदकुमार मालीले सिमित पुँजिमा सञ्चालन भएका प्रायः साना तथा घरेलु उद्योगका उत्पादनले बजार पाउन समस्या हुने गरेको बताए । उनले भने– सामाजिक संस्कार र संस्कृतिकोे रुपमा उद्यमशिलताको विकास नभएकाले पनि घरेलु तथा साना उद्योगहरू फस्टाउन सकेका छैनन् ।
उनले तालिमलाई उद्यमसंग जोड्न नसक्नु र प्रतिस्पर्धी खुला कोष तथा व्यवसाय शुरु गर्न आधार पु“जीको कमीका कारण घरेलु तथा साना उद्योग फस्टाउन नसकेको बताए । उनले बैकिङ सेवामा सहज तथा सुलभ पहु“चको कमी र न्युन बचतका कारण पनि घरेलु तथा साना उद्योगमा लगानी हुन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लघु उद्यम विकास विशेषज्ञ भीमबहादुर बिष्टले प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रादेशिक औद्योगिक व्यवसाय नियमावली र निर्देशिकाहरू आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारले उद्योग ग्राम स्थापनामा स्थानीय तहलाई सहयोग गर्नुपर्ने, लघु साना तथा मझौला उद्योगको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, विशेष वस्तु उत्पादनको क्षेत्र स्थापना गर्नुपर्ने र स्थानीय तहलाई जोखिम संवेदनशील भूउपयोग नीति निर्माणमा सहयोग गर्नुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।
यसअघि गोष्ठीको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश बहादुर रावलले उदघाटन गरेका थिए ।
कार्यक्रम महासंघका प्रदेश अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
गोष्ठीमा प्रदेश सभामा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य महेशदत्त जोशी, महासंघका केन्द्रीय, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार