१० श्रावण २०८१, बिहीबार

टिभिएसको दशैंतिहार अफर



धनगढी । टीभीएसले दशैं तिहारका लागि नयाँ अफर सार्वजनिक गरेको छ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ल्याएको टीभीएस दशैंको दौड योजना अन्तर्गत उपहार राखेको जनाएको छ ।
अफरअन्तर्गत अनलाइनमा फर्म भरेर उपभोक्ताले मोटरसाइकल र स्कुटरको खरिदमा उपहार प्राप्त गर्न सक्ने धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनका अनुसार नजिकको टीभीएसको शोरुमबाट मोटरसाइकल वा स्कुटर खरिद गर्नुअघि र खरिद गरिसकेपछि गरेर दुई पटक उपहार जित्ने मौका पाउनेछन् । दुबै पटक एक÷एक लाख रुपैयाँसम्मको उपहार जित्न सकिनेछ ।
कम्पनीकाअनुसार बाइक नकिन्दै फर्म भरेका आधारमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म नगद राशी जित्न सकिनेछ । किन्नुअघि र किनिसकेपछि प्राप्त गरेको नगद छुट मोटरसाइकल किन्दा पर्ने मूल्यमा घटाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार