२ जेष्ठ २०८१, बुधबार

बिएचएम र बिआइएम कक्षा शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सुदूरपश्चिमाञ्चल क्याम्पसले स्नातक तहमा होटल म्यानेजमेन्ट (बिएचएम) र सूचना व्यवस्थापन (बिआइएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिमाञ्चल क्याम्पसले बिएचएम र बिआइएम कक्षा सञ्चालन गरेको जनाएको छ ।
बिहीबार एक विशेष कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरिन् ।
सो अवसरमा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश ‘शैक्षिक हब’ बन्ने निकै सम्भावना रहेको चर्चा गरिन् । मन्त्री भट्टले भनिन्– यो प्रदेशलाई शैक्षिक केन्द्र बनाउनका लागि सबै विषयको पढाई हुनेगरी कलेजहरू धेरै खुल्नु जरुरी छ । यसका लागि प्रदेश सरकार नीतिगत सहित सबै आवश्यक सहयोग गर्न तत्पर छ ।
मन्त्री भट्टले सबैमा सकारात्मक सोचका साथ प्रदेशको उन्नती, प्रगतिमा आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन आग्रह गरिन् ।
कार्यक्रम सुदूरपश्चिमाञ्चल क्याम्पसका अध्यक्ष योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा एको थियो ।
सो अवसरमा स्नातक तहमा होटल व्यवस्थापन शिक्षाबारे जानकारी दि“दै विएचएम संयोजक डिल्लीराज भण्डारीले होटल तथा पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरि समग्र पर्यटन उद्योगमा टेवा पुर्याउन कार्यक्रम सञ्चालन गरिएको चर्चा गरे ।
उनले सामान्यतयाः बिएचएम पढ्नका लागि छ देखि सात लाख रुपैयासम्म पढाई शुल्क लिने गरेकोमा सुदूरपश्चिमाञ्चल क्याम्पसले चार लाख ९३ हजार रुपैया मात्र शुल्क निर्धारण गरेको बताए ।
उनले गरीव, जेहेन्दार सहित सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराइने जानकारी दिए ।
होटल व्यवस्थापन विषय अध्यापनका लागि क्याम्पसमा भान्सा, हाउस किपिङ, रेष्टुरेण्ट, बार, वेकरी लगायतका सम्पूर्ण आवश्यक पुर्वाधार उपलब्ध रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा अनुभवप्राप्त दक्ष शिक्षकबाट अध्यापन गराइने उनले जानकारी दिए ।
त्यस्तै, सूचना व्यवस्थापन कार्यक्रम संयोजक मनोज पन्तले सूचना प्रविधिको पूर्ण ज्ञानसहित व्यवस्थापनमा दक्ष सूचना प्रविधि म्यानेजर उत्पादन गर्ने यो कोर्षको मुख्य उद्देश्य रहेको बताए ।
उनले यो कोर्ष अध्यापन गर्दा विश्व बजारमा भविष्यमा आफनो स्थान सुरक्षित गर्न सक्ने बताए । यो कोर्ष पढेका विद्यार्थीहरूले सरकारी, बैकिङ क्षेत्र, दुरसञ्चार सेवा प्रदायक संस्थामा रोजगार पाउन सक्ने वा स्वरोजगार सफ्टवेयर कम्पनी खोल्न सक्ने बताए ।
व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पठनपाठन हुने व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआइएम) मा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाई हुन्छ । यो विषय पनि जुनसुकै संकायबाट प्लस टु मा जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्छ । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टर हुन्छ ।
कलेजले दुवै सेमेष्टरमा ३३÷३३ जना भर्ना गर्ने जनाएको छ । यी विषयहरूको इन्टन गर्नका लागि विद्यार्थीहरूको रुचि क्षमता अनुसार जापान, चीन तथा अन्य राष्ट्रहरूका साथै नेपाल भित्रका विभिन्न फाइभ स्टार होटल तथा अन्य कम्पनीहरूमा पढाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार