२ जेष्ठ २०८१, बुधबार

डेढ दर्जन बढी स्थानीय तह अझै प्राविधिक शिक्षाबिहीन



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशका डेढ दर्जन बढी स्थानीय तहमा अझैं प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुग्न सकेका छैनन ।
प्रदेशका सबै जिल्लामा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुगेको भए पनि अझैं १९ वटा स्थानीय तहमा पहुँच पुग्न सकेको छैन ।


मानव स्रोत विकास केन्द्र र प्राविधिक तथा व्यवसायीक तालिम परिषदको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक सीप विकास तथा तालिम प्रदायक संस्था ९८ वटा रहेका छन् ।
परिषदका अनुसार प्रदेशका बैतडी र दार्चुलाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुगेका छन । अन्य सात जिल्लाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुग्न नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७६ को प्रतिवेदनले देखाएको छ ।
सरोकारवालाहरू सुदूरपश्चिम प्रदेशमा विद्यमान बेरोजगारी तथा वैदेशिक रोजगारमा जाने युवा जनशक्तिको संख्या घटाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउ“दै आएका छन् ।
मानव विकास स्रोत केन्द्रका अनुसार कैलाली जिल्लाको १३ वटा स्थानीय तहमध्ये एक, कञ्चनपुरको नौ स्थानीय तहमध्ये दुई, डोटीको नौमध्ये तीन, डडेल्धुराको सातमध्ये दुई र अछामको १० मध्ये दुई स्थानीय तहमा अझैं प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्थाहरूको पहु“च रहेको छैन ।
त्यस्तै, बाजुराको नौ स्थानीय तहमध्ये छ र बझाङको १२ स्थानीय तहमध्ये तीनमा पनि ती संस्था पुग्न सकेका छैनन ।
प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सिटिइभिटी) को सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार यस वर्ष बांकी स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने लक्ष्य लिइएको छ । प्रदेश कार्यालयका निर्देशक डाक्टर कुश्माकर भट्टले प्रदेश सरकारले सहयोग गरेमा बा“की रहेका स्थानीय तहमा कार्यक्रम विस्तार गर्न सकिने बताए । उनले भने– तर, प्रदेश सरकारले पारित गरेको वार्षिक कार्यक्रम हेर्दा प्राविधिक शिक्षामा जोड दिएको देखिएन ।
सुदूरपश्चिम प्रदेशमा एसएलसी स्तरसम्मका संस्था ४३, डिप्लो तहसम्मका २४ र प्राविधिक धार (कक्षा ९–१२) ४० स्थानीय तहमा संस्थाले कार्यक्रम संचालन गरिरहेको मानव स्रोत विकास केन्द्रको प्रतिवेदनले जनाएको छ ।
त्यस्तै, प्रदेशमा आंगिक चार, सामुदायिक विद्यालयमा प्राविधिक धार ७७, सम्बन्धन प्राप्त ३० र प्राविधिक धार (कक्षा ९–१२) ४१ वटा माध्यमिक तथा डिप्लोमा तहको विद्यालय तथा प्राविधिक शिक्षालयहरू रहेका छन् ।
त्यस्तै, प्रदेशमा आंगिक नौ, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ३३, सम्बन्धन प्राप्त १८ र प्राविधिक धार (कक्षा ९–१२) ४१ वटा डिप्लोमा तथा प्रविणता प्रमाणपत्र तह तथा प्राविधिक धारका संस्था रहेका छन् ।
प्रदेशमा प्राविधिक एसएलसी सञ्चालन गर्ने आंगिक संस्था चार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ७१, सम्बन्धन प्राप्त ३७ संस्था गरि एक सय १२ संस्था रहेको जनाइएको छ ।
प्राविधिक एसएलसी, डिप्लोमा तथा प्रविणता प्रमाणपत्र तह र प्राविधिक धारका आंगिक १३, सामुदायिक विद्यालयमा प्राविधिक तह एक सय चार, सम्बन्धन प्राप्त ५५ र प्राविधिक धार (कक्षा ९–१२) ४१ गरि दुई सय १३ संस्था रहेको प्रतिवेदनले जनाएको छ ।
प्रदेशमा विश्वविद्यालय अनुदान आयोग २०७५ को तथ्यांक अनुसार प्राविधिक उच्च शिक्षा प्रदायक विश्वविद्यालय र प्रतिष्ठान अन्तर्गत कृषिका दुई, ईन्जिनियरिङका दुई र विज्ञान तथा प्रविधिका सात गरी ११ वटा संकायहरू रहेका छन् ।
आयोगका अनुसार प्रदेशमा त्रिभुवन विश्वविद्यालयमार्फत सात, पोखरा विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमार्फत एक÷एक गरि १० वटा कलेजहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार