२७ आश्विन २०८१, आईतवार

पशुपंक्षी बिमा कार्यक्रम प्रभावकारी भएन



डोटी । डोटीका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपंक्षी विमा गर्ने कार्यक्रम अझैं प्रभावकारी हुन सकेको छैन । सरकारले २०६९ साल माघदेखि बाली तथा पशुपंक्षी बिमा कार्यक्रम शुरु गरेको थियो ।


डोटीमा रहेका विभिन्न बिमा कम्पनीहरूले अझैं पनि जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम पु¥याउन सकेका छैनन् । प्रायः बिमा कम्पनीहरूले भौगोलिक विकटता, जनशक्तिको कमी, तथा पशुपालक किसानहरूमा बिमा सम्बन्धी पर्याप्त ज्ञानको अभावका कारण कार्यक्रम प्रभावकारी ढंगले विस्तार गर्न नसकेको बताउदै आएका छन् ।
जिल्लाका अधिकांस ग्रामीण वस्तीका किसानले पशुपंक्षीको बिमा बारे जानकारी नभएको बताउ“छन् । डोटीको सायल गाउपालिका, तोलनीका पशुपालक रामबहादुर वलीले भने– सदरमुकाम तिर बाख्राको बिमा गरेको भन्ने सुनिन्छ, हामीकहा“ कोही पनि आएका छैनन् । पशुचौपायाको बिमा गर्न पाएको भए हामीले पनि केही राहत पाउथ्यौं ।
अर्कोतिर, जिल्लाका केही स्थानीय तहले समेत किसानहरूका लागि ब्यवसायिक पशुपालन तथा कृषि कार्यमा विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गरे पनि पशुपंक्षी बिमा कार्यक्रममा प्रेरित गर्न सकेका छैनन् ।
सायल गाउ“पालिका अध्यक्ष तेजबहादुर डुम्रेलले पशुपालन गरिरहेका कृषकहरूवाट बिमा कार्यक्रममा सहभागी बन्नका लागि माग नआएका कारण बाली तथा पशुपंक्षी बिमा बारे गाउ“पालिकाको ध्यान नगएको बताए । उनले भने– विमा कम्पनीहरूले पनि आफ्नो कार्यक्षेत्र ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न अग्रसर हुनुपर्दछ । र, राज्यको पनि विमा कम्पनीहरूलाई अनिवार्य रुपमा ग्रामिण क्षेत्र जान बाध्यकारी नीति हुनुपर्दछ ।
नेपालमा बिभिन्न १७ बिमा कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बिमा अनुमती प्रदान गरिएको छ । कृषि तथा पशुपंक्षी ब्यवसायलाई प्रवद्र्धनका लागि बिमा समितीद्वारा प्रत्येक कम्पनीलाई तीनदेखि पा“च जिल्ला कार्यक्षेत्र तोकिएको छ ।
डोटीका बोगटान, बडिकेदार र जोरायल गाउ“पालिकामा कृषकहरू ब्यवसायिक रुपमा पशुपालन कार्यमा संलग्न छन् । त्यस्तै, शिखर नगरपालिका, केआईसिंह तथा सायल गाउपालिका अन्न उत्पादनका दृष्टिबाट सम्पन्न मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार