२ जेष्ठ २०८१, बुधबार

विकट र दुर्गम स्थानीय तहमा अस्पताल अभाव



शेरबहादुर ऐर/धनगढी  । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर २, खिमडीका तिलक बुचामगरको असार २ गते ढुंगा लागेर मृत्यु भयो । प्रहरी चौकीको प्रतिक्षालय निर्माणका लागि ढुंगा फुटाउन जाने क्रममा पहाडबाट खसेको ढुंगा लागेर उनको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको थियो । तिलकलाई हेलिकोप्टरद्वारा उद्धार गरि कोहलपुर अस्पताल पुर्याइयो, तर उनको उपचारका क्रममा मृत्यु भयो ।


साउन १९ गते चुरे गाउ“पालिकामा स्वास्थ्य कार्यालय कैलालीले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला तथा पुरुषहरूको भीडभाड थियो । शिविरमा सात जना पुरुष र एक सय ७८ जना महिला गरि एक सय ८५ जनाले सेवा लिए । ‘सामान्य बिरामी हुदा पनि धनगढी वा अत्तरिया पुग्नुपर्छ । अहिले त चिकित्सकहरू नै गाउँमा आइपुगेका छन्’ शिविरमा सेवा लिन आएकी रेखा शाहीले भनिन्– नत्र बिरामी हुदा सबै जना धनगढी वा अन्यत्र जानसक्ने अवस्था हु“दैन ।
स्थानीय भन्छन्– गाउ“पालिकामा नै विशेषज्ञ डाक्टर सहितको अस्पताल भएको भए हामीहरूले स्वास्थ्य सेवा लिन मह“गो रकम खर्च गरेर अन्य ठाउ“मा जानुपर्दैनथ्यो । खै हामीले कहिले अस्पताल पाउने हो ?’
यी दुई गाउ“पालिकामा स्वास्थ्य सेवाको प्रतिनिधिमूलक उदाहरण हुन् । कैलालीको विकट स्थानीय तहका रुपमा परिचित चुरे र मोहन्याल गाउ“पालिकामा सुविधासम्पन्न अस्पताल नभएका कारण सामान्य विरामी पर्दा पनि धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।
चुरे गाउ“पालिकाको कार्यपालिकाले वडा नम्बर १ स्थित निगाली स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा अघि बढाउने निर्णय गरिसकेको छ । तर, बजेट अभावका कारण गाउ“पालिकाले संघीय तथा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिरहेको छ । चुरे गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तबहादुर बोहराले भने– कार्यपालिकाले वडा नम्बर १ को स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाउने निर्णय गरेको छ, तर बजेट अभावमा त्यत्तिकै थन्किएको छ । गाउ“पालिकाले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको भए पनि अस्पतालका लागि बजेट विनियोजन नगरिएको उनले बताए ।
त्यस्तै, मोहन्याल गाउ“पालिकाले पनि वडा नम्बर ६ स्थित सोल्टा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भनेर कार्यपालिकाबाट निर्णय गरेको छ । गाउ“पालिकाले अस्पताल निर्माणका लागि संघीय सरकारसंग अनुमतिका लागि अनुरोध पत्र पठाइसकेको छ । गाउ“पालिकाका वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारीले भने– अहिले अनुमतिका लागि संघीय सरकारमा पत्र पठाएका छौं । अनुमति पाएपछि गाउ“पालिकाले आफ्नै लगानीमा अस्पताल भवन निर्माण गर्ने छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम पारित गरिसकेको छ । प्रदेश सरकारले पारित गरेको वार्षिक विकास कार्यक्रममा सामाजिक विकास मन्त्रालयले कैलालीको गौरिगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा अस्पतालको भवन निर्माणका लागि एक÷एक करोड रकम विनियोजन गरेको छ ।
यस्तै, लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित ५० सैयाको चुहा सामुदायिक अस्पतालका लागि ५० लाख रकम विनियोजन गरेको छ ।
कैलालीका लम्कीचुहा, गौरिगंगा तथा घोडाघोडी नगरपालिकामा हाल सरकारी÷सामुदायिक र निजी अस्पताल सञ्चालनमा छन् । प्रदेश सरकारले अस्पतालको पहु“च नभएका पालिका तथा जनसंख्या तथा भुगोललाई ग्राहयता दिनुका साटो पहिलेदेखि नै अस्पताल रहेका स्थानमा लगानी बढाएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य विमा) कार्यक्रमका कैलाली संयोजक नरेश चौधरीले चुरे र मोहन्यालमा अस्पतालको पहु“च नहु“दा विमितहरूको संख्या बढाउन नसकिएको बताए । उनले भने– प्रदेश तथा संघीय सरकारले चुरे र मोहन्यालमा अस्पताल स्थापनाका लागि पहल गर्नुपर्छ । उनका अनुसार मोहन्यालका विमितहरूले सेवा लिन टीकापुर अस्पताल तथा चुरेका स्थानीयहरूले मालाखेती र सेती अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ ।
संघीय सरकारले गौरिगंगा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि १५ शैय्याको अस्पताल बनाउने भनेर कार्यक्रम अघि बढाइसकेको छ । त्यस्तै, गौरिगंगा नगरपालिकाले मसुरिया स्वास्थ्य चौकीलाई सामुदायिक अस्पताल बनाउने निर्णय गरिसकेको छ ।
गौरिगंगा नगरपालिकाको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रममा ‘मसुरिया स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतीका लागि भौतिक पूर्वाधार निर्माण गर्ने’ भनेर एक करोड रकम विनियोजन गरेको छ ।
अनुमोदन दैनिकले एउटै स्थानीय तहले दुईवटा अस्पताल कसरी सञ्चालन गर्छ ? भनेर गौरिंगा नगरपालिका प्रमुख भीमबहादुर देउवासंग सोधेको थियो । उत्तरमा उनले भने– चौमाला प्राथमिक स्वास्थ्य केन्द्रलाई संघीय सरकारले १५ शैय्याको अस्पताल बनाउने भनेर कार्यक्रम अघि बढाइरहेको छ । हामीले मसुरिया स्वास्थ्य चौकीलाई एमविविएस डाक्टरको व्यवस्था गरेर सामुदायिक अस्पतालका रुपमा सञ्चालन गर्ने छौं ।
उनले गौरिगंगाको धेरै जनसंख्या मसुरिया स्वास्थ्य चौकीको पहु“चमा भएकाले त्यहा“ अस्पताल निर्माण गर्ने योजना बनाइएको बताए । अनुमोदनको अर्को जिज्ञासा– अस्पताल भवन बनाउन त सहज होला, तर जनशक्ति र उपकरण कसरी व्यवस्थापन गर्नुहुन्छ ? उनले भने– चौमालामा अहिले संघीय सरकारले दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति गरेको छ । मसुरिया अस्पतालमा नगरपालिकाबाटै जनशक्ति र उपकरणको व्यवस्था गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार