१० श्रावण २०८१, बिहीबार

रानी जमरा कुलरिया सिचाई आयोजना सञ्चालनमा



धनगढी । कैलालीको ३८ हजार बढि जमीन सिंचाई गर्ने राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजना संचालनमा आएको छ ।

कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकामा सञ्चालित आयोजनाको पहिलो चरणको काम सम्पन्न भई मुल नहरबाटै सिंचाई सुरु भएको हो । नहरमा पानी छोडिएपछि कबिर ११ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको जनाइएको छ । संघीय सरकारको ऊर्जा तथा जलस्रोत मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी इनटेक (मुहान) मा जडान गर्नुपर्ने ८ गेट मध्ये तीन गेट जडान भई ओपरेशन टेष्ट सम्पन्न भएको जनाएको हो ।
मन्त्रालयले बाँकी पाँच गेटहरुको जडान सम्पन्न भई होस्टिङ भइरहेको जनाएको छ । ‘गेट सञ्चालन गरी इनटेकबाट सेट्लिंग बेसिनसम्म पानी सञ्चालनको प्रारम्भिक टेष्ट रन सफलतापुर्वक सम्पन्न गरिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म ८ किलोमिटर मुल नहर निर्माण कार्य सम्पन्न भएको छ ।’
आयोजनाको लम्की विस्तारतर्फ आर्थिक वर्ष २०७५÷०७६ मा ५ दशमलव ५ किलोमिटर नहरका साथै साइफन, हाइवे क्रसिंग तथा ड्रेन वाइपास लगायतका १० वटा संरचनाहरुको निर्माण सम्पन्न भएको उर्जामन्त्री वर्षमान पुनले बताए । उनले लम्कीतिर नहर विस्तार गरी छ हजार हेक्टरमा सिंचाई सुविधा पु¥याउनले लक्ष्य रहेको बताए ।
उर्जामन्त्री पुनले आयोजना संचालनमा आएपछि १४ हजार ३ सय हेक्टर जमिनमा रहेको परम्परागत सिंचाई प्रणाली स्तरोन्नती भई ३८ हजार हेक्टरमा सिंचाई सुविधा पुग्ने बताए । उनले रानी जमरा कुलरियाको मुल नहरमा क्यानल फलको उपयोग गरी ४ दशमलव ७ मेगावाट क्षमताको विद्युत उत्पादन नर्गे पावरहाउस समेत निर्माण भइरहेको जनाएको छ ।
चिसापानीस्थित कर्णाली पुल भन्दा एक सय २० मिटर तल रहेको आयोजनाको इन्टेक निर्माणको कार्य आर्थिक वर्ष २०७०÷०७१ मै सम्पन्न भएको थियो । पहिलो चरणमा आयोजना निर्माण गर्नका लागि विश्व वैंकले साढे चार अर्व र बाँकी नेपाल सरकारले लगानी गरी सम्झौता भएको थियो भने दोस्रो चरणमा निर्माण गर्न विश्व बैंकले ७ अर्व लगानी गर्ने सम्झौता भएको छ । ऊर्जा मन्त्रालयले २७ अर्व लगानीमा रानी जमरा कुलरिया आयोजना निर्माण सम्पन्न अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार