११ श्रावण २०८१, शुक्रबार

नहरमा डुबेर बालक बेपत्ता



धनगढी । कैलालीको लम्किचुहा नगरपालिकामा सोमबार नहरमा डुबेर एक बालक बेपत्ता भएका छन । लम्किचुहा नगरपालिका वडा नम्बर ३ कि सर्मिला चौधरीको चार वर्षीय छोरा दीवान चौधरी नहरमा डुबेर बेपत्ता भएको बताइएको छ ।
लम्किचुहा स्थित रानिजमराको निर्माणाधिन नहरमा नुहाउने क्रममा बालक दिवान डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए ।
बालक दीवान आमा सर्मिलासंगै दिउसो माछा मार्न गएका थिए । वेपत्ता बालक दिवानको खोजि कार्य जारी रहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार