१७ बैशाख २०८१, सोमबार

स्वास्थ्य प्रबर्ध्दन रणनीतिको मस्यौदा तयार



धनगढी । सुदूरपश्चिम प्रदेशको कुल जनसंख्याको ४० प्रतिशतले धुम्रपान गर्ने गरेको अध्ययनले देखाएको छ ।


सुदूरपश्चिमका धुम्रपान सेवन गर्नेहरु मध्ये १८ प्रतिशतले दैनिक ३० खिल्ली भन्दा बढि चुरोट खाने गरेको छन् । दीगो विकास लक्ष्य २०३० लाख लक्षित गरी प्रदेशको स्वास्थ्य प्रबद्र्धन रणनीति बनाउन सामाजिक विकास मन्त्रालयले गरेको अध्ययन अनुसार सुदूरपश्चिममा धुम्रपान गर्ने महिला पनि पुरुष भन्दा कम छैनन् ।
धुम्रपान र धुलो धुवाँले सुदूरपश्चिम प्रदेशका नागरिक रोगी हुँदै गएको तथ्य फेला परेको अध्ययनमा संलग्न कन्सल्टेन्ट विनयदिल लामाले बताए । उनले सुदूरपश्चिमको स्वास्थ्य प्रबद्र्धन गर्न सबै भन्दा पहिले धुम्रपान तथा सुर्तिजन्य पदार्थको नियमन गर्न जरुरी रहेको बताए । त्यससंगै धुलो धुवाँ उत्पादन हुने क्षेत्र पहिचान गरी धुलो धुवाँ समेत बन्द गर्नुपर्ने उनले बताए ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका नागरिकहरुमा पनि खानपान लगायतका जीवनशैली फेरिएर स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । जंक तथा अस्वस्थकर खाद्यान्नका कारण सुदूरपश्चिमका नागरिकहरुमा रक्तचाप, सुगर, मधुमेह जस्ता रोगको सिकार भई मृत्युको मुखमा पुगिरहेका छन् ।
यिनै कारकहरुलाई न्युनिकरण गर्दै स्वास्थ्य प्रबद्र्धन गरी प्रदेशबासीको औषत आयु ६६ वर्षबाट २०८७ सम्म ७२ वर्ष पु¥याउने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको स्वास्थ्य प्रबद्र्धन रणनीतिको मस्यौदा तयार गरेको छ ।
प्रदेशका नागरिकहरुलाई स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञ र सरोकारवालाहरुको सुझाव समेत समावेश गरी मन्त्रालयले सो रणनीति तयार गरेको हो । मन्त्रालयले तयार गरेको प्रदेशको स्वास्थ्य प्रबद्र्धन रणनीति (२०७६–८७) माथि शुक्रबार प्रदेशका सांसद्हरुसंग छलफल गरिएको छ ।
रणनीति तयार गर्न मन्त्रालयले गठन गरेको मस्यौदा समितिका संयोजक तथा मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले मस्यौदालाई आउँदो साउनमा अन्तिम रुप दिएर पारित गर्न प्रदेश सभामा पेश गरिने बताए । उनले मुलुकै पहिलो पटक सुदूरपश्चिम प्रदेशले स्वास्थ्य प्रबद्र्धन रणनीति तयार गरेको बताए ।
रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिन स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्नुपर्ने रणनीतिमा उल्लेख गरिएको छ । प्रत्येक वडाहरुमा स्वास्थ्य प्रबद्र्धन केन्द्रहरु स्थापना गर्नुपर्ने, हरेक विद्यालयमा एक विद्यार्थी एक खेलको व्यवस्था गर्नुपर्ने, मदिरा तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्नुपर्ने, धुलो धुँवा नियन्त्रण गर्नुपर्ने, नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी शिक्षा दिनुपर्ने लगायतका विषयहरु रणनीतिमा उल्लेख छ ।
स्वस्थ तरिकाले खाद्यवस्तु उत्पादन गर्न खाद्य उद्योगलाई नियम गर्नुपर्ने, खाद्य स्वच्छतालाई ध्यानमा राखी विकासका काम गर्नुपर्ने लगायतका थुप्रै विषयवस्तु रणनीतिले समेतेको छ । मन्त्रालयका स्वास्थ्य रणनीति बनाउने कन्सल्टेन्ट विनयदिल लामा, युएनएफपिएका रामशरण प्याकुरेल र डाक्टर लक्ष्मीराज जोशीले कार्यक्रमा रणनीतिको प्रारम्भिक मस्यौदा पेश गरेका थिए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी, नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामातामाङ, प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरी, अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभपति हर्कबहादुर कुँवर लगायत प्रदेश सांसद्हरुले रणनीतिको मस्यौदामा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार