१० श्रावण २०८१, बिहीबार

हावाहुरीबाट केराखेती सखाप: दुई वर्षदेखि किसानहरू क्षतीपूर्तिको पर्खाईमा



शेरबहादुर ऐर/धनगढी । गत जेठ २३ गते आएको बिनासकारी हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा केराखेती सखाप भयो । गत वर्ष पनि हावाहुरीका कारण दुई जिल्लाका केराखेती किसानले निकै क्षती बेहार्नु परेको थियो । प्रत्येक वर्ष केराखेतीमा प्राकृतिक प्रकोपका कारण ठूलो क्षती भइरहेको छ, तर किसानहरू भने अझैं पनि क्षतीपूर्तिको प्रतिक्षामा रहेका छन् ।


कैलालीका केराखेती किसान लछीराम आचार्यले भने– कैलाली र कञ्चनपुरका केराखेती किसानले पटकपटक क्षतीपूर्ति र राहतका लागि सम्बन्धित सरकारी निकायमा माग गरे, तर अहिलेसम्म कहीकतैबाट कुनै सुनुवाई भएन ।
गत जेठ २३ गतेको हावाहुरीबाट करिब २५ लाख रुपैया“ बराबरको क्षति बेहार्नुपरेको किसान आचार्यले बताए । ‘बारीमा १६ हजार बढी केराका बोट रोपेको थिए । ती मध्ये १४ हजार बढी पूर्ण रुपमा सखाप भयो’ किसान आचार्यले बुधबार अनुमोदनसंग भने– ‘हावाहुरीबाट जोगिएका केराका बोटबाट पनि केरा उत्पादन हुने सम्भावना छैन ।
उनले राहतका लागि प्रहरी मुचुल्का उठाएर कागजपत्रसहित स्थानीय तहदेखि प्रदेशको विषयगत मन्त्रालयसम्म बुझाएको जानकारी दिए । उनले गत वर्ष राहत नपाएको स्मरण गर्दै भने –‘यो वर्ष पनि राहत दिन्छ भन्ने आशा छैन् ।’
केराखेती उत्पादक किसानका अनुसार हावाहुरीको क्षतिका कारण यस वर्ष केरा उत्पादनमा निकै ह्रा आउने देखिएको छ । कैलाली र कञ्चनपुरमा वार्षिक ४० हजार मेट्रिक टन केरा उत्पादन हु“दै आएको छ ।
कञ्चनपुरका केराखेती किसान सुरेन्द्र चौधरीले व्यक्तिगत चार बिघा जग्गामा केरा खेती गर्दै आएका छन् । उनले यस वर्ष सात हजार केराका बोट रोपेका थिए । “जेठ २३ गतेको हावाहुरीका कारण मेरो करिब ८० प्रतिशत केराका बोट पूर्ण रुपमा क्षति भयो” उनले भने– बचेका बोटहरूबाट पनि केरा उत्पादन हुने देखिएको छैन ।
अर्कोतिर कैलाली र कञ्चनपुरका केराखेती किसानहरू भारतबाट आयात हुने केराका कारण हतोत्साहित रहदै आएका छन् । त्यसैमा हावाहुरीले पुर्याएको क्षतिका कारण उनीहरू निकै विचलित भएका छन् । किसान सुरेन्द्रले सरकारले अहिलेसम्म केराखेतीमा भएको क्षतीबारे किसानलाई राहत प्रदान गर्न कुनै पहल नगरेको गुनासो गरे । उनले भने– स्थानीय तहदेखि प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसम्म क्षतीको विवरण बुझाएका छौं । तर, अहिलेसम्म मन्त्रालयबाट आश्वासन मात्रै पाएका छौं ।
उनले गत वर्ष १८ लाख रुपैया“ बराबरको केरा उत्पादन गरेको बताए । उनले भने–यस वर्ष ६ लाख रुपैयाको पनि केरा उत्पादन हुने छाट देखिन्न ।
केराखेती किसानका अनुसार कैलालीमा एक हजार र कञ्चनपुरमा पा“च सय गरि एक हजार पा“च सय हेक्टरमा केरा खेती हुने गरेको छ । गत जेठ २३ गतेको हावाहुरीका कारण करिब ८० प्रतिशत केराखेतीमा क्षति पुगेको केराखेती किसानहरूको अनुमान छ ।
हाल कैलालीका आठ सय ५० घरधुरी र कञ्चनपुरमा पांच सय ५८ घरपरिवारले व्यवसायिक रुपमा केराखेती गर्दै आइरहेका छन् । केरा फार्ममा प्रत्यक्ष रुपमा आठ सय ८३ जनाले रोजगारी पाइरहेका छन् भने केराको थोक तथा खुद्रा व्यवसायमा हाल दुई हजार छ सय जना संलग्न रहेको जनाइएको छ ।
जेठ २३ गतेको हावाहुरीपछि सुदूरपश्चिम प्रदेश सरकारले बालीनाली तथा पशुपन्छीमा भएको क्षतिको विषयगत मन्त्रालयले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो ।
कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी विश्वेश्वरप्रसाद खनालले सुदूरपश्चिम मन्त्रीपरिषदको निर्णय अनुसार मन्त्रालायले मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा बुझाएको जानकारी दिए । उनले यससंगै मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको बताए । उनले भने– छिट्टै राहत वितरण कार्य पनि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार